News Portal

  • छोराछोरी प्रकाश र ज्ञानुको स्मृतीमा शिक्षा र स्वास्थ्यमा योगदान गर्ने प्रचण्डको उद्घोष

    नेपालवाल संवाददाताकाठमाडौँ, ३ मंसिर
    ७१८ पटक
    काठमाडौँ, ३ मंसिर

    नेपाल कम्युनिस्ट पाटी (नेकपा) का लोकप्रिय युवा नेता एवं अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहाल तथा छोरी ज्ञानुको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ । प्रकाशको ‘प्र’ तथा ज्ञानुको ‘ज्ञ’ बाट ‘प्रज्ञा’  स्मृति प्रतिष्ठान स्थापना गरिएको हो ।

    सोमबार प्रकाशको निधन भएको एक वर्ष पुगेको अवसरमा प्रचण्ड निवास खुमलटारमा आयोजित स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिष्ठान स्थापनाको घोषणा गरेका हुन्।

    प्रतिष्ठानले शिक्षा, स्वास्थ्य र अनुसन्धान लगायतका क्षेत्रमा काम गर्ने प्रचण्डले प्रष्ट पारे । उक्त अवसरमा आफ्नो परिवारले पाएको मायाले परिवार बिघठन हुनबाट बचेको भन्दै उनले सबैलाई धन्यबादसमेत दिएका थिए ।

    स्मृतिसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका थिए । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा प्रकाश दाहालको स्मारिका विमोचन गरेका थिए ।

    स्मृति सभामा कांग्रेस सभापति शेरबहादुर देउवा,नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई,राजपा अध्यक्ष मण्डल महन्थ ठाकूर,राप्रपाका अध्यक्ष कमल थापा लगायतले श्रदाञ्जली अर्पण गरेका थिए। प्रकाश दाहालको गत वर्ष मंसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा  निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...