News Portal

  • सर्लाहीमा बयलगाडाबाट बेबारिसे बन्दुक बरामद

    प्रेमनाथ पाैडेलसर्लाही, ११ मंसिर
    १२७४ पटक
    सर्लाही, ११ मंसिर

    सर्लाहीको दक्षिणी क्षेत्र रामनगरबाट प्रहरीले बन्दुक बरामद गरेकाे छ । रामनगर गाउपालिका -४ स्थित स्थानीय अनुपलाल महताेकाे घर नजिकै रहेकाे धान चुट्ने खरिनमा राेकि राखेकाे बयलगाडामा लुकाई राखेकाे एकनाले बन्दुक प्रहरीले नियन्त्रणमा लिएकाे हो ।

    प्रहरी प्रवक्ता विश्वराज खड्काले बताए अनुसार बयलगाडामा परालले छाेपि बन्दुक लुकाएकाे भन्ने गाेप्य सूचनाका अाधारमा खोजी गर्दा बन्दुक फेला पारिएकाे हो । बन्दुक कस्ले राख्याे भन्ने यकिन भई सकेकाे छैन । बयलगाडा धनी स्थानीय लालबाबु रायलाई साेधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

    यस अघि कार्तिक ३ गते पनि जिल्लाकाे उत्तरी क्षेत्र हरिवन नगरपालिका वडा नम्वर ६ स्थित सागरनाथ वन विकास परियाेजनाकाे जंगलमा रोकि राखेकाे टेम्पाेबाट एक थान भरुवा बन्दुक बरामद गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...