News Portal

  • दक्षिण एशियाका शिक्षाविदहरु काब्यमा

    काठमाडौं, १९ मङ्सिर
    १२२० पटक
    काठमाडौं, १९ मङ्सिर

    दक्षिण एशियाका विभिन्न देशका शिक्षाविदहरुले काठमाडाैंकाे नयाँ बानेश्वरमा रहेकाे काब्य स्कूलमा पुगेका छन् । काब्यमा पुगेर उनीहरुले विद्यालयकाे अवलाेकन तथा जानकारी लिएका छन् । सार्क मुलुकका शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षा विभागका वर्तमान तथा पूर्वअधिकारीहरुका साथै शिक्षावीद्हरु मंगलबार काव्य स्कूलमा पुगेका हुन् ।

    उक्त टाेलीमा भुटान सरकारका पूर्वशिक्षामन्त्री ठाकुर एस.पौड्याल, पाकिस्तानका गुल मोहम्मदका साथै भारत, बंगलादेश र श्रीलंकाका अधिकारीहरु र शिक्षावीद्हरु सो टोलीमा सहभागी रहेको काव्य स्कूलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले जानकारी दिए ।

    दक्षिण एशियाली मुलुकका नीजि तथा सामुदायीक विद्यालयको शिक्षण विधि, शैक्षिक आयाम, कमीकमजोरी र अध्ययन अध्यापनका क्रममा भोग्नुपरेका समस्या र चुनौतीका बारेमा अध्ययनका लागि उक्त टाेली नेपाल आएको हाे ।

    प्रिन्सिपल बास्कोटाले टोलीलाई स्वागत गर्दै विद्यालयले अपनाएको शिक्षण विधि, अतिरिक्त कृयाकलाप, विभिन्न सामाजिक कार्यमा विद्यार्थी र विद्यालयको सहभागिताका साथै विद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको ख्यातीका बारेमा जानकारी गराएका थिए ।

    साे क्रममा प्रिन्सिपल बास्काेटाले काब्य स्कूलले वालअधिकारको संरक्षणमा ध्यान दिएर वालवालिकाको पढ्न र खेल्न पाउने अधिकारलाई सुनिश्चित गर्न विद्यार्थीहरुलाई गृहकार्य दिने नगरेको जानकारी दिएका थिए । त्यसैगरी उनले सबै विद्यार्थीलाई सक्षम र हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका ग्रहणकर्ता (लीडर) बनाउनु काव्य स्कूलको उद्धेश्य रहेको जानकारी गराएका थिए ।

    काब्य स्कूलले अाफ्नाे सामाजिक दायित्व अन्तर्गत अन्य सामुदायिक विद्यालयलाई समेत शैक्षिक सहयोग गर्दै अाएकाे उनले जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...