News Portal

  • प्रहरी महानिरीक्षक खनालले भर्ना गर्न नसकिएको गुनासो गरेपछि

    नेपालवाल संवाददाताकाठमाडौँ, ८ पुस
    ७६५ पटक
    काठमाडौँ, ८ पुस

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीका लागि आवश्यक स्रोत र साधनको कमी रहेको तथा आवश्यकता अनुसार प्रहरी जनशक्ति भर्ना गर्न नसकिएको गुनासो गरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा क्षेत्रमा बजेट बढाउँन आफूले पहल गर्ने आस्वासन दिएका छन ।

    आइतवार गृहमन्त्रालयमा आयोजित मन्त्रालयको प्रथम चौमासिक प्रगति समिक्षा गृहमन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले विकासको लक्ष्य हासिल गर्न तथा सुशासन कायम गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको टिप्पणी गरे ।

    सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्न नहुने जिकिर गर्दै उनले शान्ति सुरक्षा र विकासनिर्माण अन्तरसम्बन्धित बिषय रहेको बताए ।

    शान्ति सुरक्षा र विकास अन्तरसम्बन्धित रहेको कुरालाई राष्ट्रिय योजना र अर्थमन्त्रालजस्ता निकायले बुझेर सोही अनुरुपको सहयोग गर्नुपर्ने उनको भनाई छ ।

    सुरक्षाका लागि आवश्यक अत्याधुनिक प्रविधिका प्रयोगलाई बढाउँदै लैजानुपर्नेमा गृहमन्त्री थापाले जोड दिए ।

    बैठकमा मन्त्रालयको पुँजिगत खर्च कम भएको विवरण पेश भएपछि गृहमन्त्री थापाले यस्तो कार्य सच्याउन मातहतका निकायहरुलाई निर्देशन समेत दिए ।

    ‘बजेट भएर पनि काम नभएको भए त्यहाँ लापरवाही भएको स्पष्ट छ । त्यसलाई तत्काल सच्याउनुहोस् । ’उनले भने ।

    कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले मन्त्रालयबाट आवश्यक सहयोग रहेपनि मन्त्रालय अन्तर्गतका निकायहरुले अपेक्षित गति अझै लिन नसकेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...