News Portal

  • ललितपुर तीनमा फोहोरमैला ब्यवस्थापनको विशेष अभियान हुँदै

    प्रकाश अवालेललितपुर, २१ पुस
    ९९२ पटक
    ललितपुर, २१ पुस

    ललितपुर महानगरपालिका वडा नंम्वर तीनले फोहोर मैला न्युनिकरण सम्वन्धी कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । आइतबार विहान सात बजे एक समारोह वीच संघीय संसदका साँसद पम्फा भुसालले उक्त कार्यको उदघाट्न गर्ने कार्यक्रम तय भएको छ ।

    उक्त कार्यक्रमको वारेमा आज एक पत्रकार सम्मेलन गरि कार्यवाहक वडा अध्यक्ष गणेश कुमार रजकले जानकारी दिएका  हुन ।

    पहिलो चरणमा एक हजार घरघुरीलाई लक्षित गरि कार्ययोजना अघि वढाइएको र यो कार्यक्रम अल्पकालीन रुपमा दुई महिना सम्म संचालन हुने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

    साथै कुहिने र नकुहिने फोहोरलाई वर्गिकरण गरी न्युनिकरण गर्ने योजनामा वडा कार्यालय रहेको र पहिलो चरणमा एक हजार घरधुरीमा जनचेतना जगाउने अभियान थालनी गर्ने र वडा कार्यालय अन्तर्गत प्लाष्टिक मुक्त वनाउने हेतुले कपडाको थैली समेत वितरण गरिने बताइएको छ ।

    वडा कार्यालयमा कृयाशिल टोल सुधार समिति र क्लबहरु समावेश गरी पच्चीस सदस्यीय फोहोर व्यवस्थापन समिति गठन गरि कार्ययोजना वनाइएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...