News Portal

  • चित्र बेचेर पढ्न बाध्य विद्यार्थीलाई लामाले दिए छात्रवृत्ति

    नेपालवाल संवाददाताभक्तपुर, २२ पुस
    ११४८ पटक
    भक्तपुर, २२ पुस

    आर्थिक अभावका कारण चित्र बनाउदै बेच्दै आफ्नो पढाई अगाडि बढाइरहेका एक युवालाई युवा समाजसेवी कुमार लामाले छात्रवृत्ति प्रदान गरेका छन् । लामाले लाजिम्पाटस्थित सृजना कलेज अफ फाइन आर्ट्समा पढ्ने २२ वर्षका विद्यार्थी डोनाल तामाङलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।

    तामाङले आफ्नो चित्रको संकलन गरि एक्जिबिसन गर्ने इच्छा भएपनि गरिबीका कारण पढाई खर्च निकाल्न बेच्नुपर्ने बाध्यता रहेको गुनासो गरेपछि सफल युवा उद्यमीसमेत रहेका लामाले उनको कलेजको सम्पुर्ण शुल्क तिरिदिने घोषणा गरेका हुन् ।

    रामेछापको बेथान स्थाइ घर भै हाल भक्तपुर बस्दै आएका तामाङको स्नातक सक्न अझै अन्दाजी २ लाख लाग्ने र त्यो लामाले तिरिदिने भएपछि उनी दङ्ग परेका छन् । नेकपाका युवा संगठनका नेता समेत रहेका लामाले वैदेशिक रोजगारीमा ठगिएकहरुलाइ न्याय दिलाउन दिलोज्यानले लागेको थाहा पाएपछि उनको तेलीय चित्र बनाएर उनको सल्लाघारीस्थित कार्यालय पुगेका तामाङले आफ्नो सम्पूर्ण पढाई खर्च छात्रवृत्ति पाएपछि ढुङ्गा खोज्दा देउता मिलेको प्रतिक्रिया दिए ।

    “नि:स्वार्थ भावले गरेको परिश्रमको फल मीठो हुनेरहेछ, मैले कुमार सरलाइ उपहारस्वरूप चित्र दिएको थिए तर बदलामा उहाले मेरो सम्पूर्ण पढाइ खर्च ब्यहोर्दिने घोषणा गर्नुभएपछी मेरो आर्ट पढ्ने चाहना पूरा हुनेभयो ।” उनले भने ।

    आफूले प्रती घन्टा एक सय पाउन कडा मिहिनेत गर्दै पढाई खर्च जुटाउने गरेको भन्दै विद्यार्थी तामाङले लाखौ रुपैयाँ छात्रवृत्ति पाएपछि पढाईमा राम्रो गर्न थप प्रेरणा मिलेको बताए ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...