News Portal

  • ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ हुँदै

    काठमाडौं, २ फागुन
    ५३३ पटक
    काठमाडौं, २ फागुन

    उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रमको शुभारम्भ गर्दैछ । काठमाडौको राष्ट्रियसभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रम उद्घाटन गर्ने भएका हुन् ।

    मन्त्रालयले जनाए अनुसार यो कार्यक्रम सुरु भएसंगै सरकारले जनतालाई सेयर लगानीको अवसर दिएर जलविद्युत आयोजना निर्माण गर्नेछ । यसबाट सबै नेपालीको आयोजनामा पहुच हुने र यसले एकातर्फ पूजी निर्माण हुने र अर्कोतर्फ जनतालाई लगानीको अवसर प्राप्त हुने बताइएको छ ।

    आर्थिक वर्ष २०७५–०७६ को बजेट वक्तव्यमा जनताको सहभागितामा करिब ३ हजार मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने अभियान सुरु गर्ने घोषणा भएको र त्यसैअनुरुप बिहीबार त्यसको घोषणा गर्ने कार्यक्रम भएको उर्जामन्त्री बर्षमान पुनले बताए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...