News Portal

  • रहेनन् कम्युनिष्ट नेता तथा मार्क्सवादी लेखक कृष्ण दास श्रेष्ठ

    काठमाडौ, ११ फागुन
    १४१६ पटक
    काठमाडौ, ११ फागुन

    नेपाली कम्युनिष्ट आन्दोलनका नेता तथा मार्क्सवादी लेखक कृष्ण दास श्रेष्ठको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको शनिबार निधन भएको हो ।

    तत्कालीन ने क पा (मालेमा-वादी)का महासचिवसमेत रहेका श्रेष्ठले पछि तत्कालीन नेकपा (माअोवादी) संग पार्टी एकता गर्दा केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षको जिम्मेवारी पाएका थिए । माअोवादी पार्टीको फूट पछि मोहन बैद्य किरण नेतृत्वको ने.क.पा.– क्रान्तिकारी माओबादी पार्टीमा रहे पनि त्यसमा समेत फूट व्योहोरे पछि उनी अध्ययन र चिन्तनको क्षेत्रमा बढी सक्रिय रहने गरेका थिए ।

    काठमाण्डौको असनमा जन्मेर पनि उच्च शिक्षाका बाबजुद सबै निजी अबसरहरु त्यागेर सर्बसाधरण जनताको लागि यातना, जेलनेल, अाप्रबासन र बञ्चितीकरणको सामना गर्दै अाजीवन सच्चा कम्युनिष्ट भएर बाचेका श्रेष्ठले युवा पुस्तालाई अगाध स्नेह र मार्गदर्शन गर्ने गरेका भन्दै उनको निधनले बामपन्थी आन्दोलनमा अपुरणीय क्षती पुगेको नेकपाका केन्द्रिय सदस्य समेत रहेका युवा नेता युवराज चौलागाई बताउछन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...