News Portal

  • यथास्थितिमै सरकार चलाइराख्नु हुँदैन : पौडेल

    ६३१ पटक

    बुटवल, ४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारको मन्त्रीमण्डल तत्काल परिर्वन गर्नुपर्ने बताएका छन् । प्रदेश ५ को बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता पौडेलले मन्त्रीमण्डल तत्काल परिर्वन गर्नुपर्ने बताएका हुन् ।

    सरकार सुशासनको दिशामा कमजोर देखिएको स्वीकार गर्दै नेता पौडेलले त्यसै कारण पनि मन्त्री मण्डल परिवर्तन हुनुपर्ने तर्क गरे । सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली टिठलाग्दो र कार्यसम्पादन कमजोर रहेको उनले आरोप लगाए । यथास्थितिमै सरकार चलाइराखे जनतामा दुई तिहाइको कम्युनिष्ट सरकारप्रति बितृष्णा पैदा हुने उनको भनाइ छ ।

    ”सरकार गतिशील बनाउन मन्त्री परिवर्तन परिवर्तनको विकल्प छैन ।” नेता पौडेलले प्रष्ट पारे ।
    सरकारको नेतृत्व भने बर्तमान प्राधानमन्त्री केपी ओलीकै रहनुपर्नेमा उनको जोड छ ।

    अध्यक्ष ओली र प्रचण्ड बीच आलोपालो सरकार चलाउने सहमति भएकोले सहमती बमोजिम नै नेतृत्व परिवर्तन हुने उनको जिकिर छ । प्रचण्डनिकट मानिएका नेता पौडेलले सरकारको नेतृत्व गर्ने लगायतका ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिए ।

    ”सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी ५ बुँदे सहमति भएकै हो, लुकाउनुपर्ने कुरै छैन ।” उनले भने ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...