News Portal

  • ३५ सय घुस सहित असई समातिए

    रूपन्देही, ६ साउन
    ८७२ पटक
    रूपन्देही, ६ साउन

    नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असइ ) घुस रकम सहित पक्राउ परेका छन् । असइ प्रेम बहादुर थापा घुस रकम सहित पक्राउ परेका हुन् ।

    प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापाले सेवाग्राहीहरूको हार्डवयरका सामानहरू बिक्री बितरणको लागि सहज बनाइदिने भनि घुस खाएको अख्तियारको दावी छ । रकम नदिएपछि पटक पटक दु:ख हैरानी दिई व्यवसायमा कठिनाई पुर्‌याएको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

    असई थापाले सेवाग्राहीसँग तीन हजार पाँच सय रुपिँया घुस वापतको रकम लिइसकेको अवस्थामा ओमसतिया गाउँपालिका- ४ स्थित एक रेष्टुरेन्टबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

    antarkriya

    भक्तपुरको मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ...

    अर्थमन्त्रीमाथि छानबिन गर्न ११ संसदीय छानबिन समिति गठन

    अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ संसदीय छानबिन समिति गठन भएको छ । प्रमुख विपक्षी...

    भक्तपुरमा पनि भेटियो हैजाको संक्रमित

      भक्तपुरको चाँगुनारायण नगरपालिका ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी...

    आउँदो २६ गते देशैभर सार्वजनिक बिदा

    सरकारले आउँदो २६ गते आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतवार इस्लाम...

    अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन हुन

    janardan sharma

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने...