News Portal

  • आफू सफल रहेको गृहमन्त्रीको दावी : आगामी कार्यदिशा प्रस्तुत

    काठमाडौं, ७ साउन
    ७४७ पटक
    काठमाडौं, ७ साउन

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शान्ति, सुरक्षा कायम गर्ने विषयमा गृह मन्त्रालय सफल रहेको बताएका छन् ।

    मंगलबार आफ्नो एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक गर्दै उनले मन्त्रालयको सफलताबारे वकालत गरे । कार्य प्रगति विवरण सार्वजनिक गर्न मंगलबार सिंहदबारस्थित गृह मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

    संचारकर्मीसंग अन्तरक्रिया भनिएपनि उक्त अवसरमा मन्त्रालयको प्रगती विवरण प्रस्तुत गारिएको थियो । प्रस्तुत उपलब्धीमा मन्त्रालयले खरिद गरेका मोटर देखि बिभिन्न मन्त्रालयलाई दिएका मोटर बारे पनि उल्लेख गरिएको थियो ।

    उक्त अवसरमा गृहमन्त्री थापाले राष्ट्र विखण्डन र पृथकतावादको चुनौती सफलतापूर्वक अवतरण गरेको भन्दै सुन तस्करीको सञ्जाल र आर्थिक अपराध नियन्त्रणमा पनि गृह मन्त्रालय सफल रहेको दावी गरे ।

    सफलताको फेहरिस्त सुनाउदै मन्त्री थापाले चुनौती बारेपनि प्रष्ट पारे । बर्तमान चुनौती भनेको राजनीतिक उपलब्धीलाई रक्षा गर्ने भएको मन्त्री थापाको भनाई थियो ।

    हेर्नुस् मन्त्रालयले दावी गरेका केहि उपलब्धीहरु

    -विध्वंसात्मक गतिविधि न्यूनिकरण गरिएको‍ ।
    -विखण्डनकारी क्रियाकलाप गर्ने कथित स्वतन्त्र मधेश गठबन्धनलाई राजनीतिक मूलधारमा ल्याउन सहयोगी भूमिका निर्वाह गरेको ।
    -आन्तरिक सुरक्षा व्यवस्था सम्बन्धी कार्यकारी आदेश जारी गरी केन्द्र र प्रदेश वीच सुरक्षा समन्वयको व्यवस्था मिलाइएको ।
    -लामो समयदेखि रोकिएका विकास आयोजनाहरु सम्पन्न गर्न सहजीकरण गरिएको
    -सुन तस्करीको आपराधिक सञ्जाल तोडीएको ।
    -समुदाय प्रहरी साझेदारी अवधारणा कार्यान्वयनमा ल्याइ शान्ति सुरक्षा र अपराध नियन्त्रण कार्यमा समुदायको सहभागिता सुनिश्चित गरिएको ।
    -सुरक्षा प्रयोजन बाहेकका मापदण्ड विपरित खटीएका सुरक्षाकर्मी फिर्ता गराई शान्ति सुरक्षाको Core कार्यमा परिचालित गरिएको।
    -राजमार्ग (सडक) मा हुने अवरोध तत्काल हटाई सुचारु गर्ने व्यवस्था मिलाइएको ।
    -सार्वजनिक यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गरिएको ।
    -कारागार भित्रै बाट समाजमा आपराधिक गतिविधिहरु सञ्चालन गर्ने कैदी उपर प्रभावकारी नियन्त्रण कायम गरिएको ।
    -कारागारको आन्तरिक व्यवस्थापनलाई अझ चुस्त र प्रभावकारी बनाउन एक/एक वर्षमा चौकिदार, नाइके, सहनाइकेमा काम गरी सकेकोहरुलाई उनीहरुको कामको मूल्यांकन गरी परिवर्तन गर्ने नीति लिइएको ।
    -विपद पछिको खोज तथा उद्धारका लागि हरेक जिल्लामा शिघ्र परिचालन टोली अद्यावधिक राखी २४ घण्टा भित्र खोज तथा उद्धार कार्य सम्पन्न गरिएको ।
    -विपद्को घटना घटेको ७२ घण्टाभित्र राहत उपलब्ध गराइएको ।
    -प्रहरी तथा निजामती कर्मचारी प्रशासनलाई व्यवसायिक कार्यवातावरण प्रदान गरिएको ।

    उक्त अवसरमा कार्यप्रगति सफल रहेको समिक्षा गरेको गृहले आगामी कार्यदिशाबारे पनि बोलेको छ । हेर्नुस् गृहको आगामी कार्यदिशा :

     सुरक्षा चासोलाई सम्बद्ध क्षेत्रगत नीति कार्यक्रम र बजेटमा मूल प्रवाहीकरण गर्ने ।
     सुरक्षा निकायको संस्थागत क्षमता विकास गरी व्यवसायिक तुल्याउने ।
     गृह प्रशासनको आन्तरिक शुद्धिकरणमा कठोर नीति अवलम्वन गर्ने।
     कानूनको प्रभावकारी कार्यान्वयन मार्फत विकृति र विसंगतिलाई निर्मूल गरी सुशासन कायम गर्ने।
     सूचना प्रविधिको प्रयोगबाट सुरक्षा व्यवस्था, शान्ति र स्थिरतामा टेवा पुर्यारउने ।
     नेपालको वर्तमान आन्तरिक अवस्था र भूराजनीतिक परिवेशलाई मध्यनजर गरी आगामी दिनमा नागरिकता, गैर कानूनी आप्रवासन, लागू औषध, मानव वेचविखन लगायतका संगठित अपराध नियन्त्रणको पहलमा थप प्रभावकारी तुल्याउने।
     राजनीतिक तथा सामाजिक क्षेत्रका सरोकारवालाहरु वीच आन्तरिक सुरक्षाको विषय र यसप्रतिको बुझाइमा एकरुपता ल्याउन समेत विशेष पहल गर्ने ।
     नेपाल सकारको नीति एवं आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रमको कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउने ।

     

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...