News Portal

  • छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

    प्रेमनाथ पौडेल
    ७४७ पटक

    सर्लाही, १५ साउन

    आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाहीको हरिपुरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    पिडित बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीको आधारमा छोरी बलात्कार गर्ने बाबुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको हो ।

    सर्लाहीको हरिपुर नगरपालिका- ७ बस्ने ४० देखि ५० वर्ष बीचका एक बाबुले आफ्नै छोरीमाथि कुकर्म गरेका हुन् ।

    आफ्नै नाबालक छोरी (१२-१६ वर्ष )लाई पटक पटक अनैतिक व्यवहार देखाउदै आएका बाबुले शनिवार बाबुको हद पार गर्दै बलात्कार गरेपछि उनलाई पक्राउ गरिएको हो ।

    बाबुको पशुतुल्य कुकर्मबारे पिडित छोरीले आमालाई बताएपछि उनको अपराध पर्दाफास भएको हो ।

    घरमा कोहि पनि नभएको मौका पारी शनिवार आफूलाई आफ्नै बाबुले बलात्कार गरेको पिडित छोरीले बताएकी छिन ।

    उता पिडकले आफ्नो पारिवारिक झगडा रहेको र आफूलाई फसाउने तरिकाले आरोप लगाएको जिकिर गरेका छन् भने प्रहरीले पनि घटनाको बारेमा अनुसंधान भैरहेको र अदालतले दोषी नठहराए सम्म त्यतिकै दोषी भन्न नमिल्ने बताएको छ ।

    स्थानीयहरुले घटनाको समयलाई लम्याएर प्रहरीले अपराधलाई लुकाउन खोजेको आरोप लगाएका छन । ईलाका प्रहरी कार्यालय हरिपुरले भने घटनाको गम्भीरतापूर्वक अनुसन्धान भैरहेको जनाएको छ ।

    (पिडितको गोपनीयताका लागि नाम, उमेर लगायतका तथ्य खुलाइएको छैन ।-सम्पादक )

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...