News Portal

  • विद्रोही नेकपाद्वारा असई विरुद्ध पक्राउ पुर्जी जारी : फरार भए इन्काउन्टरको आदेश

    भक्तपुर, १८ साउन
    १०१८ पटक
    भक्तपुर, १८ साउन

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल प्रहरीका एक असईका विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेकपाको कैलाली जिल्ला जनसरकारको नाममा उक्त पक्राउ पुर्जी जारी गरिएको हो ।

    विद्रोही नेकपाले गठन गरेको जनअदालतको फैसला अनुसार यो पक्राउ पुर्जी जारी गरिएको दावी गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका १ बस्ने नेपाल प्रहरीका असई भैरव कुँवरलाई यसरी विद्रोही नेकपाले पक्राउ पुर्जी जारी गरेको हो । नेकपाको जनसरकारले असई कुवरलले आफ्ना पार्टीका विरुद्ध सुराकी गर्ने गरेको दावी गर्दै २५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

    नेकपाको कैलाली जनसरकारका प्रमुख विकासको हस्ताक्षर रहेको पक्राउ पुर्जी कैलालीका विभिन्न ठाउँमा टाँसिएको छ । उक्त पक्राउ पुर्जीमा तुफानकुमार साउद नाम गरेका व्यक्तिले जनअदालतमा असई कुँवरका विरुद्ध जाहेरी दिएको र उक्त जाहेरीमाथि जिल्ला जनसरकारले छानबिन गरेको दावी गरिएको छ । जनसरकारले गठन गरेको छानविन कमिटिले नेपाल प्रहरीका असई कुँवरलाई पक्राउ गर्नुपर्ने प्रतिवेदन पेश गरेको पनि जानकारी गराइएको छ ।

    पक्राउ पुर्जीमा कुँवरले ‘देश र जनताको हितबिपरित नेकपा नेता कार्यकर्ताको सुराकी, अपहरण, ज्यानमार्ने उद्योसम्बन्धि कसुर गरेको’ भनिएको छ । कुँवरको घर आसपास सार्वजनिक स्थानहरूमा पनि उक्त पक्राउ पुर्जी टाँसिएको छ ।

    पक्राउ पुर्जीमा भनिएकाे छ, ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो। बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला ।’

    पक्राउ पुर्जीमा आफैं वा पक्राउ परी आएमा जनअदालतले व्यवहार बुझेर जनअदालतको कानुनअनुसार कारवाही हुने पनि बताइएकाे छ।तर, तोकिएको म्यादमा उपस्थित नभएमा जुनसुकै कारबाही गर्ने चेतावनी दिइएकाे छ ।

    जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि कारवाही गर्न आदेश दिइएको पक्राउ पूर्जीसँगै अर्काे चेतावनी पत्र पनि टाँसिएको छ। उक्त चेतावनी पत्रमा ‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सुराकी, हत्या, अपहरण र यातनामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि ‘इन्काउन्टर’ गर्न आदेश दिइएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...