News Portal

  • रहस्यमय तरिकाले नेपाली सेनाका बहालवाला मेजर समातिए

    भक्तपुर, २५ साउन
    ५७३ पटक
    भक्तपुर, २५ साउन

    लागु औषध ब्राउन सुगरसहित नेपाली सेनाका एक बहालवाला मेजर पक्राउ परेका छन् । उनलाई प्रहरीले रहस्यमय तरिकाले पक्राउ गरेको हो ।

    पक्राउ पर्ने नेपाली सेनाका मेजर अजितप्रताप सिंह हुन । उनलाई नेपाली सेनाको पूर्वी पृतना बाहिरबाट प्रहरीले गिरफ्तार गरेको हो । इटहरीको हलगढामा नेपाली सेनाको पूर्वी पृतना छ । मेजर सिंह साँझ ६ बजेतिर मात्र सेनाको त्यही पृतनाबाट बाहिर निस्किएका थिए । निस्किएको केहीबेरमै उनलाई प्रहरीले समातेको हो ।

    उनलाई पक्राउ गर्न नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोली नै पुगेको बुझिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंले इलाका प्रहरी कार्यालय, इटहरीको सहयोग लिएको बताइएको छ । काठमाडौंबाट सुनसरी पुगेको टोलीले मेजर सिंह ब्यारेकबाट बाहिर निस्किए लगत्तै पक्राउ गर्नुले उनी पहिल्यैदेखि कारोवारी थिए वा उनलाई भित्रैबाट फसाउन यो गिरफ्तारी गराएको हो भन्ने आशंका जन्मिएको छ ।

    अरुबेला नेपाली सेनाका अधिकृतले गरेको कसूरको अनुसन्धानका लागि नेपाली सेनाको सैनिक प्रहरी गणलाई बुझाउने गरेको छ ।तर, प्रहरी आफैले पनि केही गम्भीर प्रकृतिका मुद्दामा मुद्दा चलाउन सक्ने व्यवस्था छ । लागूऔषध सम्बन्धी कसूरलाई गम्भीर प्रकृतिको मुद्दा नै मानिन्छ । त्यसैले सिंहको यो केसमा भने प्रहरी आफैंले म्याद थपेर अनुसन्धान गर्ने देखिएको छ । आज शनिवार भएकोले प्रहरीले आइतबार सिंहमाथि अनुसन्धान गर्न म्याद थप गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...