News Portal

  • उद्धारमा सहभागी हुन सक्ने युवाशक्ति तयार पार्दै भक्तपुर नगरपालिका

    भक्तपुर, २६ साउन
    १२१८ पटक
    भक्तपुर, २६ साउन

    भक्तपुर नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी चार दिने अभिमुखीकरण तालिम शुरु भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले आइतबार उक्त तालिमको उद्घाटन गरेका छन् ।

    नगरपालिकाले युवा तथा विद्यार्थीलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको जनाएको छ । नगरभित्रका ३५ जना युवा तथा विद्यार्थीलाई छानेर तालिममा सहभागी गराइएको वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी गराएका छन् । वडा नम्बर १ को कार्यालयमा तालिम संचालन भैरहेको छ ।

    आइतवारदेखि शुरु भएको तालिम बुधवार सम्म चल्ने र प्रत्येक दिन फरक प्रकोपको बेला अपनाउनुपर्ने सावधानी र भूमिकाबारे सिकाइने खत्रीले भक्तपुर पोस्टलाई जानकारी गराए । उनका अनुसार आइतवार आगलागी भएको बेला के गर्ने भन्ने सिकाइएको छ भने अव बाढी , भूकम्प र विद्युतबाट हुनसक्ने जोखिम न्यूनीकरण बारे प्रशिक्षण दिइनेछ ।

    उक्त तालिमको लागि प्राविधिक सहयोग नेपाली सेनाको रहेको छ । नेपाली सेनाको काठमाडौंको गोकर्णमा रहेको विपत व्यवस्थापन शिक्षालयको टोलीले सम्भावित विपतको बेला कसरी बच्ने, बचाउने र क्षती न्यूनीकरण गर्ने भन्ने विषयमा तालिममा सिकाउने बताईएको छ ।

    आइतवार उक्त तालिम उद्घाटन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले युवा र विद्यार्थीहरु समाजको मेरुदण्ड भएको बताउदै उनीहरुको विपतको बेलामा ठुलो भूमिका हुने बताएका छन् ।

    विपद्को समयमा शारीरिक रुपमा असक्त, बालबाालिका र ज्येष्ठ नागरिकको उद्धारलाई युवावर्गले प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन् ।

    प्रमुख प्रजापतिले प्रकोपको बेलामा आत्तिने र डराउनेभन्दा पनि पीडित व्यक्तिहरुलाई सुरक्षित ढंगले उद्धार कसरी गर्ने भन्नेबारे प्रशिक्षित हुन युवा विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

    उक्त अवसरमा वडा नम्बर ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विपद्बाट सम्भावित् क्षतीको न्युनीकरणको प्रयास स्वरुप नगरपालिकाले युवा विद्यार्थी केन्द्रित तालिम कार्यक्रम संचालन गरेको जानकारी गराए ।

    नेपाली सेनाको काठमाडौंको गोकर्णमा रहेको विपत व्यवस्थापन शिक्षालयका प्रशिक्षक मेजर दिपेन्द्र पोखरेलको टोलीले भक्तपुरमा विपत व्यवस्थापनको तालिम दिइरहेको छ । मेजर पोखरेलले भक्तपुर पोस्टसंग कुरा गर्दै यस्ता प्रशिक्षणले विपतको बेला उद्धारमा जुट्ने जनशक्ति उत्पादन हुने जिकिर गरेका छन् ।

    मेजर पोखरेलका अनुसार बिपत व्यवस्थापनबारे प्रशिक्षार्थीहरुलाई दृश्यको माध्यमबाट सिकाइनुका साथै प्रयोगमा सामेल गराएर समेत उनीहरुलाई प्रशिक्षित गरिन्छ । तालिम पछि प्रशिक्षार्थीहरुमा आत्मबलको विकाश हुने र प्रकोपको बेला नआत्तिकन उद्धारमा सहभागी बन्ने उनको दावी रहेको छ ।

    तालिममा सहभागी युवाहरुले यस्ता तालिम आवश्यक रहेको भन्दै आफूहरुले जानेको कुरा अरुलाई पनि सिकाउने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...