News Portal

  • शिक्षक समेत रंगेहात पक्राउ

    दाङ २८ साउन
    ८४१ पटक
    दाङ २८ साउन

    घोराही दाङका एक शिक्षक घुससहित पक्राउ परेका छन्।

    माध्यमिक विद्यालय रझेनाका शिक्षक गणेश केसी रंगेहात पक्राउ परेका हुन् । केसीलाई १० हजार रुपैया घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

    डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उत्तीर्ण गराइदिन सहजीकरण गरिदिने भन्दै शिक्षक केसीले परीक्षार्थीसँग घुस लिएको अख्तियारको दावी छ ।

    अख्तियार अनुसन्धान आयोगको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले शिक्षक केसीलाई १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो । विद्यार्थीसंग घुस लिन खोजेको भन्ने पूर्वसुचनाका आधारमा अख्तियारको टोली दाङ आएको र घोराही स्थित एक होटेलमा घुस रकम लिँदै गरेको अवस्थामा शिक्षक केसीलाइ पक्राउ गरिएको बताइएको छ ।

    घोराही उपमहानगरपालिका–१५ बाट नियन्त्रणमा लिइएका केसीको बारेमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...