News Portal

  • छायाँ सरकारका गृह मन्त्रीले भेटे रवि लामिछाने

    भक्तपुर, ३२ साउन
    ६३३ पटक
    भक्तपुर, ३२ साउन

    आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धानका लागि समातिएका चर्चित टेलिभिजन कार्यक्रम प्रोस्तोता रवि लामिछानेलाई गृह मन्त्रीले भेटेका छन् तर उनी नेपाल सरकारका नभई छायाँ सरकारका गृह मन्त्री हुन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले रविसंग भेट गरेका छन् । रविलाई भेट्न उनी चितवन पुगेका हुन्।

    शनिवार चितवन पुगेका छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले जिल्ला प्रहरी कार्यालय पुगी रविसंग भेट गरेका स्थानीय पत्रकारले जानकारी गराए । गृहमन्त्री बडूले रविलाई भेट्नु अघि सीडीओ र एसपीलाई समेत भेटेका बताइएको छ ।

    उनले प्रहरी प्रशासनलाई निष्पक्ष छानविन गर्न आग्रह गरेका र रविलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको सञ्चारकर्मीसँग बताए । रविले पनि अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका बडुले बताए ।

    चितवनमा रवि पक्षधर र पुडासैनी पक्षधर समूहले शनिवार प्रदर्शन गरेका थिए ।रविका समर्थकहरु ठुलो संख्यामा चितवन पुगेर निर्दोष रविलाई फसाउन लागिएको भन्दै दैनिक नाराबाजी र दबाब सिर्जना गरिरहेका छन् ।

    साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुन्डिएको अवस्थामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका -३ घर भै माउन्टेन टेलिभिजन काठमाडौंमा काम गर्ने २७ वर्षका शालिकराम पुडासैनीको शव फेला परेको थियो । पत्रकार पुडासैनीले मर्नु अघि रेकर्ड गरेको भिडियोमा आफू मर्नुको कारण टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की रहेकोे उल्लेख छ । सोही भिडियो रेकर्डका आधारमा प्रहरीले रवि, युवराज र अस्मितालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो ।

    पत्रकार रवि लामिछानेसहित अन्य दुई जना युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान गर्न प्रहरीलाई चितवन अदालतले शुक्रबार अनुसन्धानका लागि ५ दिनको समय दिएको छ ।

    साउन ३० गतेबाट लागू हुने गरी ५ दिनको म्याद थप भएको चितवन अदालतका श्रेस्तेदार रूद्रमणि गिरीलाई उद्घृत गर्दै चितवन पोस्टले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १० दिनको समय माग गरेको भएपनि अदालतले ५ दिनको म्याद थप गरिदिएको हो ।

    उनीहरु तीनैजनालाई प्रहरीले साउन ३० गते काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएको थियो । उनीहरु माथि आत्महत्या दुरूत्साहनअन्तर्गत अनुसन्धान थालिएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...