News Portal

  • सरकारले राष्ट्रिय शिक्षा नीति पारित गर्दै गर्यो शिक्षाका १० राष्ट्रिय उदेश्यहरुको तय

    संजीप शुभचिन्तक भक्तपुर, ५ भदौ
    १३३० पटक
    भक्तपुर, ५ भदौ

    प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको राष्ट्रिय शिक्षा नीति तयार पारेको छ । बुधवार मन्त्रीपरिषदले पारित गरेसंगै देशले नयाँ राष्ट्रिय शिक्षा नीति प्राप्त गरेको छ ।

    मन्त्रिपरिषद्कै समितिमा लामो समयको छलफल र परिमार्जन पछि मन्त्री परिषद बैठकमा पुगेको नीतिको मस्यौदालाई बुधवार बसेको मन्त्री मन्त्रिपरिषद बैठकले पारित गरिदिएको श्रोतले जानकारी दिएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी नै छ ।

    शक्तिशाली मानिएको कम्युनिष्ट सरकारले ल्याउने शिक्षा नीति कस्तो होला भन्ने आम चासोको विषय बनिरहदा सरकारले ल्याएको नयाँ शिक्षा नीतिको महत्व थप बढेको छ । समयक्रमसँगै भएका राजनितिक, सामाजिक परिवर्तन र त्यसवाट राष्ट्रिय विकासमा परेका प्रभावहरू अनुरूप शिक्षा क्षेत्रको विकास र शासन प्रवन्धको लागि पनि स्वभावैले शिक्षा नीतिको परिमार्जन आवश्यक भएको भन्दै राजनीतिक परिवर्तनसँगै जारी भएको नेपालको संविधानमा व्यवस्था भएका शिक्षा सम्वन्धी मौलिक हक र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूमा समाविष्ट विषयको प्रभावकारी कार्यान्वयन गर्न पनि नीतिगत मार्गदर्शन आवश्यक रहेको र त्यसको लागि शिक्षा नीति जरुरी रहेकोले ल्याउनुपरेको सरकारको जिकिर छ ।

    राज्य पुनःसंरचनासँगै शासकीय संरचनामा भएको परीवर्तन अनुरूप शासन सञ्चालनका तिन वटै तहमा सरकारहरू गठन भई आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् । शिक्षा प्रशासन सञ्चालन गर्दा कुन तहको सरकारको कार्य जिम्मेवारी के हुने र कसरी निर्वाह गर्ने भन्ने विषयको निर्धारण गर्नु आवश्यकता नै भैसकेको परिपेक्षमा शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न सकियोस् भन्ने हेतुले नयाँ शिक्षा नीति ल्याउनुपरेको बताइएको छ ।

    राष्ट्रिय शिक्षा नीतिको छैठौ बुँदामा राष्ट्रिय शिक्षाको दूरदृष्टि र यसका उदेश्यहरु उल्लेख गरिएका छन् । सामाजिक न्यायसहितको समृद्धि र सामाजिक–आर्थिक रूपान्तरण राष्ट्र निर्माणको दिशा र व्यक्तिको सर्वाङ्गीण विकास तथा स्वस्थ, सभ्य र सक्षम जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा लाई आफ्नो दूरदृष्टि बनाएको राष्ट्रिय शिक्षा नीतिमा नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यहरू निम्नानुसार हुने उल्लेख गरिएको छ :

    १.व्यक्तिमा अन्तर्निहित गुण, क्षमता र प्रतिभाहरूको प्रस्फुटन गर्दै शारीरिक, मानसिक, आत्मिक, सामाजिक, सम्वेगात्मक तथा बौद्धिक आयामहरूको अभिवृद्धि गरी व्यक्तिको सर्बाङ्गीण विकासमा टेवा पुर्याउनु ।

    २.प्रत्येक व्यक्तिमा समुदाय,राष्ट्र र राष्ट्रियताप्रति निष्ठा, मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डताप्रति प्रतिवद्ध, समानता, समावेशिता र सामाजिक न्यायका मान्यता अनुरूपको आचरण, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यता, आफ्नो नागरिक अधिकार र कर्तव्यप्रति सजगता अभिबृद्धि गर्नु ।

    ३.व्यक्तिमा असल चरित्र, नैतिकता, स्वःअनुशासन, निष्पक्षता, सकारात्मक सोच, सहिष्णुता, समानुभुति, सदाचारिता, आत्मसंयम, धैर्यता, लगनशीलता, उत्तरदायित्वबोध, सेवाभाव, विश्वबन्धुत्वको भावना, स्वस्थ जीवन र रहनसहनप्रति प्रतिबद्धता जस्ता मानवीय गुणहरूको विकास गर्नु ।

    ४. श्रमप्रति आस्थावान, उत्पादनमुखी, सिर्जनशील, उद्यमशील, सिपयुक्त, र रोजगार उन्मुख मानव संसाधनको विकास गरी देशले लिएका आर्थिक–सामाजिक तथा दिगो बिकासका लक्ष्यहरू हासिल गर्न र मुलुकलाई समतामुलक तथा समृद्ध राष्ट्र बनाउन योगदान पुर्याउनु ।

    ५.प्रत्येक व्यक्तिलाई बैज्ञानिक दृष्टिकोण, आलोचनात्मक सोच, सिर्जजनात्मकता, तार्किक क्षमता, निर्णय तथा नेतृत्व क्षमता, अनुकुलन क्षमता, समस्या समाधान गर्न सक्ने, बहुभाषामा संचार गर्न सक्ने र नवीनतम प्रविधिको उपयोग गर्न सक्ने क्षमता अभिवृद्धि गरी सहकार्य सिप, सामाजिक–सांस्कृतिक सिप जस्ता व्यवहारकुशल सिपयुक्त जनशक्तिको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम तुल्याउनु ।

    ६.व्यक्तिमा नेपालको मौलिक दर्शन, संस्कृति, भाषा, साहित्य, कला, इतिहास, जीवनशैली, आदर्श तथा वैशिष्ट्यहरूको अध्ययन, मनन र चिन्तनका साथै तिनीहरूको संरक्षण,सम्वर्द्धन र विस्तारतर्फ क्रियाशील रहने भावना जागृत गर्दै विश्व सभ्यता र संस्कृतिको समेत ज्ञान प्रवर्धन गर्नु ।

    ७.शिक्षाको बलियो आधार तयार गरी व्यक्तिलाई आजीवन सिकाइमा संलग्न हुन अभिप्रेरित गर्नु तथा जीवनोपयोगी ज्ञान र सीपलाई निरन्तर अद्याबधिक गर्न सक्षम बनाउनु ।

    ८.प्रत्येक व्यक्तिलाई नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक, जातीय, भाषिक बिबिधता प्रति सजग बनाउदै विभिन्न समुदाय, संस्कृति, भाषाहरू बीच श्रद्धा र समभाव सहित समाजमा शान्ति, सहिष्णुता र समझदारी विकास गर्नु ।

    ९.प्रत्येक व्यक्तिलाई प्राकृतिक सम्पदा र पर्यावरणको संरक्षण, सम्वर्द्धन र कुशल सदुपयोग गर्न, विपदको पहिचान, न्यूनीकरण र व्यवब्यबस्थापन गर्न र आफ्नो जीवनशैली र ब्यबहारले प्रकृति र समुदायमा पार्न सक्ने प्रभाव प्रति सजग रही दिगो समाजको विकासमा सहभागी बनाउनु ।

    १०.देश विकासका लागि आवश्यक पर्ने मध्यम स्तरको जनशक्ति विकास गर्दै स्वरोजगार सिर्जना गर्न सक्षम बनाउनु र उच्च शिक्षामार्फत अनुसन्धानप्रवृत्त उच्च दक्षता भएका जनशक्तिको विकास गर्नु ।

    प्रतिकृया दिनुहोस्

    आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

    इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा...

    मौसमीफ्लू कि कोभिड कसरी थाहा पाउने

    कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिडजस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका...

    रहेनन् पूर्व सांसद एवं साल्ट ट्रेडिङका अध्यक्ष मानन्धर

    साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ । पछिल्लो समय...

    जोरबिजोर नियम अनुसार सवारी चलाउन सिडिओ शर्माको आदेश

    rudra sharma

    काठमाडौँ उपत्यकाभित्र चल्ने यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । कोभिड नियन्त्रणका लागि भन्दै प्रमुख...

    समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको नेतृत्वमा पत्रकार दिनेश कार्की...