News Portal

  • शिक्षक बन्न अब ५० अंक अनिवार्य

    ललितपुर, ७ भदौ
    १२८८ पटक
    ललितपुर, ७ भदौ

    शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न अब ५० प्रतिशत अंक ल्याउनुपर्ने भएको छ । यस अघि ४० अंक ल्याउने उत्तीर्ण हुने व्यवस्था थियो ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली १० औँ संशोधन गर्दै शिक्षकको उत्तीर्णांक परिवर्तन गरेको बताए ।

    शिक्षक प्रतिस्पर्धा बढाउन र योग्य र सक्षम शिक्षक छनोट गर्न यसो गरिएको मन्त्री पोखरेलले बताए ।

    शनिवार दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले शिक्षक पदका लागि लिइने लिखित परीक्षा अब दुई सय पूर्णाँकको हुने र एक सय पूर्णांकको को सामान्य परीक्षा उत्तीर्ण गरेपछिमात्र अर्को एक सय पूर्णांकको विषयगत परीक्षा लिइने बताए ।

    सामान्य परीक्षामा ५० अंक ल्याउने मात्रै उत्तीर्ण हुने र उत्तीर्ण भएपछि मात्रै अर्को विषयगत परीक्षामा सहभागी हुन पाउने उनको भनाइ थियो ।

    अब परीक्षा पनि दुईथरीको हुनेछ भने उत्तीर्णांक पनि बढेको छ । यसले उच्च प्रतिस्पर्धा बढाइ योग्य र सक्षम शिक्षकहरु छनोट हुन मद्दत मिल्नेछ ।– मन्त्री पोखरेलले भने ।

    यसैगरी, शिक्षक परीक्षामा पहिलो वस्तुगत प्रश्नको उत्तरपुस्तिका ओएमआर मेसिनले परिक्षण गर्ने, अन्तवार्तामा अनुभवका लागि बढीमा १० अंक प्रदान गरिने, न्यूनतम शैक्षिक योग्यताका लागि उत्तीर्ण श्रेणीका आधारमा ३ अंक दिइने पोखरेलले जानकारी दिए ।

    शिक्षकबाट शिक्षाको सुधार हुन सक्ने भन्दै अब्बल व्यक्तिले शिक्षण पेशा रोज्ने अवस्थाको सिर्जना गर्न आफू लागिपरेको उनको जिकिर छ ।

    अस्थायी शिक्षकलाई आन्तरीक परीक्षामा स्थायी गरिएको र विस्थापितलाई गोल्डेन ह्यान्डसेकद्वारा विदाई गरिएको बताउदैअस्थायी शिक्षकलाई सरकारले न्यायपूर्ण तरीकाले व्यवस्थापन गरेको उनको जिकिर छ ।
    शिक्षाको वर्तमान अवस्थालाई रुपान्तरण गर्नका लागि क्रान्तिको आवश्यकता समेत औल्याए । विद्यालय तहको शिक्षाको गुणस्तर सुधार गर्न नसकिएको स्वीकार गर्दै मन्त्री पोखरेलले शिक्षाले मात्र देशले लिएको सुखी नेपाली र समृद्ध नेपालको अभियान पुरा हुन सक्नेमा जोड दिए ।

    त्यसका लागि २०७६ देखि २०८५ साल सम्मलाई ‘सामुदायिक विद्यालय सवलिकरण’ वर्ष घोषणा गरिएको उनको भनाइ छ ।आफू सार्वजनिक विद्यालयको पक्षपाती भएपनि निजी र सहकारीद्वारा संचालित विद्यालयको पनि संरक्षक रहेको उनले आस्वस्त पारे । निजी विद्यालय छात्रबृत्ती दिन कन्जुस्याई गर्न नहुनेमा जोड दिंदै उनले विद्यार्थी संख्याको आधारमा १० देखि १५ प्रतिसत छात्रबृत्ती दिन कानुनी व्यवस्था भएकोले सबैले त्यसको पालना गर्नुगराउनु पर्ने बताए ।

    हेर्नुस् सम्बोधन blob:https://www.facebook.com/fea8f03b-f1f3-4d74-a00e-2a15dbc210df

    उक्त अवसरमा सचिव खगराज बरालले आफूले सानोमा गाउने खै खोला सुक्योकै शैलीमा मन्त्रालयले गुणस्तरीय शिक्षाका लागि गरेका कार्यको प्रतिफल नआएको भन्दै गुनासो गरे । मन्त्रालयले अनेकै प्रयास गरेपनि कक्षा कोठामा सिकाइको शैली सुध्रन नसक्दा लगानी खेर गएको उनको गुनासो छ ।

    कार्यक्रमको अध्यक्षता गरेका शिक्षा तथा मानव श्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले कक्षा कोठालाई संसारमा पुर्याउन नसके पनि संसारलाई ककह्स कोठामा ल्याउने उदेश्यले अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन गरिएको जिकिर गरे । उनले सम्मेलनमा छिमेकी चीन, भारत, बंगलादेश देखि सिंगापुर र अमेरिका सम्मका शिक्षाविद्हरुले सिकाइ विधि सिकाउने जानकारी गराएका थिए ।

    उक्त उद्घाटन कार्यक्रममा रातो बंगला फाउन्डेसनकी शान्ता दीक्षित, युरेपिय युनियनकी राजदूत लगायतले सम्मेलनले सकारात्मक परिवर्तन ल्याउने बिश्वास व्यक्त गरे ।

    सम्मेलनमा ७० कार्याशाला र स्वदेशी र विदेशी गरी ८० भन्दा बढी कार्यपत्र प्रस्तुति रहने उनले स्पष्ट पारिन् । विद्यार्थीलाई घोकाउन छाडेर काम गर्दै सिक्ने वातावरण निर्माणमा सम्मेलन कोशेढुंगा बन्ने बताइएको छ । सम्मेलनमा देशका ५० जिल्लाका तीनसय बढी  विद्यालयका शिक्षकहरुको सहभागिता रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...