News Portal

  • कपनमा केटाहरुको ग्याङ फाइट : १८ वर्षिय राई रहेनन्

    भक्तपुर, १८ भदौ
    ७९३ पटक
    भक्तपुर, १८ भदौ

    काठमाडौंको कपनमा केटाहरुको ग्याङ फाइटमा परि एक युवकले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा खोटाङका १८ वर्षिय सञ्जय राई रहेका छन् ।

    प्रहरीका अनुसार ग्याङ फाइटमा परि गम्भीर घाइते भएका राईको मंगलबार राति ज्यान गएको हो । उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुका सूचना अधिकारी समेत रहेका डिएसपी होबिन्द्र बोगटीले बताए ।

    मंगलवार राती अन्दाजी ९ बजेको समयमा युवाहरुबीच ग्याङ फाइट भएको बताइएको छ । प्रहरीका अनुसार ग्याङ फाइटमा संलग्न २ युवालाई बुधबार बिहान पक्राउ गरिएको छ । ज्यानै लिने गरी झगडा भएको विषय के थियो भन्ने बारे प्रहरीले केहि बताएको छैन । घटनाको आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...