News Portal

  • शनिवार रातीदेखि फोनमा समस्या आउन सक्ने : टेलिकमले जारी गर्यो सूचना

    काठमाडौं, २१ भदौ
    ८७६ पटक
    काठमाडौं, २१ भदौ

    नेपाल टेलिकमले आज शनिबार रातिदेखि देशभर जिएसएम सेवामा समस्या आउनसक्ने जनाएको छ । जसका कारण धेरैको टेलिफोन तथा मोवाइल सेवामा समस्या आउने भएको छ ।

    टेलिकमले मोबाइलको क्षमता फोरजीमा विस्तार गर्न लागेको जानकारी गराउँदै अपग्रेड गर्दा सेवामा केही समय समस्या आउनसक्ने जनाएको हो । एक सूचना जारी गर्दै टेलिकमले आज राति ११ः३० बजेपछिको समयमा यस्तो समस्या आउनसक्ने जनाएको हो ।

    टेलिकमले सेवा विस्तारका क्रममा आउन सक्ने प्राविधिक समस्याबाट उत्पन्न हुने असुविधाप्रति ग्राहकसँग अग्रिम क्षमा पनि मागेको छ । प्रविधि अपग्रेड भइसक्दा पनि कतिपयको मोवाइल वा टेलिफोन चल्न नसक्ने हुनसक्ने देखिएको छ । यदि मोबाइल सेवामा अवरोध आएमा एकपटक मोबाइलको स्वीच अफ गरेर पुनः अन गर्दा सुचारु हुने टेलिकमद्वारा सेवाग्राहीका लागि जारी गरिएको सूचनामा उल्लेख छ ।

    यस्तो छ टेलिकमको सूचना

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...