News Portal

  • बालक अपहरणकारी पर्साबाट पक्राउ : प्रहरीले गोली चलायो, बालकको सकुसल उद्धार

    वीरगंज, २० कात्तिक
    ६१३ पटक
    वीरगंज, २० कात्तिक

    बालक अपहरणमा संलग्न अपहरणकारीलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । फिरौती लिंदैगर्दा अपहरणकारी प्रहरीको निसानामा परेका हुन् ।

    घटना गएरातीको हो । वीरगञ्जको सिर्सियामा प्रहरीले गोली हानेर बालक अपरहणकारीलाई समातेको हो । १० दिनअघि अपहरणमा परेका काभ्रेका एक बालकको उद्धार गर्नेक्रममा अपहरणकारीलाई गोली हानी समातिएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टी गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरीयाका राजकुमार दास रहेको प्रहरीको भनाइ छ ।

    काभ्रेबाट बालक अपहरण गरी पर्साको सिर्सियामा राखेर अभिभावकसँग फिरौती लिँदै गर्दा प्रहरी पुगेको थियो । प्रहरी टोलीलाई नै पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी पक्राउ गरेको हो । गोली दासको दाहिने खुट्टामा लागेको छ । उनको नारायणी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

    अपहरणमा परेका बालकको सकुसल उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार सम्मेलनमार्फत बिस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...