News Portal

  • सीमा अतिक्रमण सह्य हुदैन, यसको कुटनीतिक र राजनीतिक प्रतिवाद हुन्छ : प्रचण्ड

    भक्तपुर, २० कात्तिक
    ११७० पटक
    भक्तपुर, २० कात्तिक

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा अतिक्रमण सह्य नहुने बताएका छन् । भारतले लिपुलेकमा गरेको हस्तक्षेप अस्विकार्य भएको अध्यक्ष प्रचण्डले उद्घोष गरे ।

    बुधवार प्रेस संगठनद्वारा दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ”भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने त्यो हामीलाई सह्य छैन। यसको कुटनीतिक र राजनीतिक प्रतिवाद हुन्छ ।”

    नेकपा नेतृत्वको सरकारले यस विषयमा कुटनैतिक पहल गर्ने बताउंदै अध्यक्ष प्रचण्डले भारतले एकतर्फी निर्णय गरेर लिपुलेक उसको हुन नसक्ने दावी गरे ।

    पत्रहरुहरुको एक जिज्ञासामा अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख  कृष्ण बहादुर महरा काण्ड देशका भीभीआइपीलाई सच्चिन सिकाउने घटना भएको भन्दै सत्यतथ्य अदालतले फैसला गर्ने बताए ।

    पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार परिवर्तनबारे आफ्नो नाम जोडेर आएका हल्लाको पछि नलाग्न आग्रह गर्दै जनताले दुई तिहाइ मत दिएको सरकारले पुरै कार्यकाल काम गर्ने प्रष्ट पारे । एक अर्को प्रसंगमा उनले दाङ लाई प्रदेश नम्बर ५ को राजधानी बनाउनुपर्ने बताएका थिए ।

    नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमले जनाए अनुसार प्रचण्ड बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन दाङ आइपुगेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...