News Portal

  • उम्मेदवारी दर्ता आज : कमलविनायकमा चहलपहल

    भक्तपुर, २१ कात्तिक
    १०८८ पटक
    भक्तपुर, २१ कात्तिक

    मंसिर १४ गतेको लागि निर्धारित उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन तोकिएकोले उम्मेदवारी दर्ताको लागि उम्मेदवारहरु तयार देखिएका छन् ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ ।

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ मा हुने प्रदेश सभा सदस्यको लागि उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराउने समय सिमा तोकिएको छ ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार डीपी ढकालले १०:३० बजे कमलबिनायकको भत्केको पाटीबाट र्यालीसहित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट कृष्णलाल भंडेलले ११ बजे कमलबिनायकबाट र्याली सहित उम्मेद्वारी दर्ता गर्ने बताइएको छ ।

    त्यसैगरी नेपाल मजदुर किसान पार्टीका तर्फबाट ११ बजे भत्केको पार्टीमा भेला भै उम्मेदवारले र्याली सहित उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम रहेको नेमकिपाले जनाएको छ । समाचार तयार पार्दासम्म उम्मेदवारको अन्तिम टुंगो लगाउन पार्टी केन्द्रिय कमिटीको बैठक बसिरहेको जानकारी प्राप्त भएको छ ।

    उम्मेद्वारी दर्ता गर्ने दिन भएकोले कमलविनायक क्षेत्रमा यतिबेला राजनीतिक दलका नेताकार्यकर्ताको चहलपहल बढेको छ ।

    भक्तपुरमा हुने उप निर्वाचनको लागि निर्वाचन आयोगले भक्तपुर जिल्ला अदालतका न्यायाधिस जगत नारायण प्रधानलाई मूख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको छ । जिल्लामा कार्यरत ५ न्यायाधिस मध्ये प्रधान आयोगको मूख्य निर्वाचन अधिकृत छनौट भएका हुन् । उनी जिल्ला अदालतका बरिष्ठ न्यायाधिस हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...