News Portal

  • प्रहरी चौकीमा अज्ञात समूहको आक्रमण

    रौतहट, २६ कात्तिक
    ६६० पटक
    रौतहट, २६ कात्तिक

    रौतहटको एक प्रहरी चौकीमा अज्ञात समूहले वम विष्फोट गराएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको हो ।

    अज्ञात समूहले गराएको वम विष्फोटबाट ड्यूटीमा रहेका एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुने प्रहरी जवान रञ्जित यादव रहेको बताइएको छ । वम विष्फोट हुँदा उनी सेन्ट्री पोस्टमा थिए ।

    मोटरसाइकलमा आएका दुई जनाले प्रहरी चौकीमा सुतली बम प्रहार गरेरे भागेको बताइएको छ । प्रहरीले वम विष्फोट गराएर भाग्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार रहेको बताइएको छ । साथै उनीसँगै उनले चढेको बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिसँगै अर्को मोटरसाइकलमा भागेका व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिन नसकेको बुझिएको छ ।

    रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले घटनाको पुष्टि गरे । उनले वम विष्फोट भएको सूचना आएको तर बाँकी विवरण भने बुझिरहेको बताए । वम विष्फोट भएको सीमा क्षेत्रमा रहेको प्रहरी चौकी हो । एसपी खत्रीले घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली पनि पठाइएको जनकारी दिएका छन् ।

    प्रहरी जवान यादवको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको छ। घटनास्थलमा जिल्ला प्रहरीबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दस जना प्रहरीले अनुसन्धान गरिरहेका बताइएको छ ।

    अपडेट : ईशनाथ नगरपालिका-४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

    बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले सुतली बम प्रहार गरी फरार भएपछि तत्काल उक्त प्रहरी चौकीको प्रहरी टोलीले उनीहरुलाई पिछा गर्ने क्रममा चौकीदेखि करिब १ किलोमिटर दक्षिण नेपाल भारत सिमा दशगजा नजिकबाट उक्त मोटरसाइकलका चालक कुमारलाई फेला पारी पक्राउ गरेको हो ।

    विष्फोटबाट डिउटीमा रहेका प्रहरी जवानलाई सामान्य चोट लागेको छ ।

    घटनामा संलग्न हाल फरार रहेका मोटरसाइकलमा सवार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...