News Portal

  • डीपी ढकाललाई मन्त्री बनाउन मैले मुख्य मन्त्रीजीसँग कुरा पनि गरिसके : वामदेव गौतम

    भक्तपुर, ५ मङ्सिर
    १७८८ पटक
    भक्तपुर, ५ मङ्सिर

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख समेत रहेका सचिवालय सदस्य वामदेव गौतमले भक्तपुरको उपनिर्वाचनमा पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई प्रदेश मन्त्री बनाइने कुरा पक्का भएको बताएका छन् । आफूले भोट माग्नका लागि नभई उनको बौद्धिकता लाई कदर गर्दै मन्त्री बनाउन पहल नै गरिसकेको समेत गौतमले जिकिर गरे ।

    विहीवार चाँगुनारायण नगरपालिका वडा नम्बर छ मा डीपी ढकाललाई भोट माग्न घरदैलो अभियानमा आएका नेकपाका प्रभावशाली नेता गौतमले भने,” चुनावी आस्वाशन नठान्नुस । म बोलेको कुरा गर्ने मान्छे हो । मैले डीपीलाई प्रदेश मन्त्री बनाउनुपर्छ भनेर प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलजीलाई प्रष्टै भनिसकेको छु । ” यस अघि पनि नेता गौतमले डीपीको उम्मेद्वारी दर्ता पछि आयोजित सभालाई सम्बोधन गर्दै उनलाई मन्त्री बनाउने बचन दिएका थिए ।

    विहीवार घरदैलो पछि चागुमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यो क्षेत्र देशकै प्रमुख पर्यटकीय क्षेत्र पनि भएकोले सरकारले बजेट दिन कन्जुस्याई नगर्ने आस्वाशन समेत दिए । ” तपाइँहरु योजना बनाउनुस, सरकारले करोडमा होइन अरवमा बजेट बिनियोजन गराउने जिम्मा पनि मेरो भयो ।” उनले भने । आफूले कुनै चुनावी आश्वासन नदिएको भन्दै उनले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष प्रचण्डले यस क्षेत्रको विकासका लागि गरेका प्रतिवद्धता मात्र आफूले सार्वजनिक गरेको दावी गरे ।

    उक्त अवसरमा पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गौतमले नेकपाको सरकारले विधिको शाशन स्थापित गरेको, आर्थिक वृद्धिदर हासिल गरेको, कालापानीबारे राष्ट्रिय एकता हासिल गरेको लगायतको प्रसंग निकाल्दै जनताको सच्चा सेवक र बिकाशको पर्याय बनेर नेकपाको सरकार अघि बढिरहेको बताए ।

    उनले नेकपाका उम्मेदवार ढकाल यसक्षेत्रको समग्र विकाशका लागि योग्य उम्मेद्वार भएकोले उनको जीत सुनिश्चित रहेको र यस क्षेत्रको विकास पनि अब द्रुत गतिमा अघि बढ्ने निश्चित रहेको विस्वास व्यक्त गरेका थिए ।

    कार्यक्रममा भक्तपुर २ का निर्वाचित सांसद महेश बस्नेतले प्रतिस्पर्धी दल नेपाली काँग्रेसले सरकारका २१ गल्ती भनेर प्रचार गरिरहदा सरकारका सयौ राम्रा काम जनतालाई नसुनाएको गुनासो गरेका थिए । ”काँग्रेसले दुरवीन लगाएर सरकारका २१ गल्ती भन्दै सार्वजनिक गरेको छ । यो सरकारले गरेका सयौ कामको सफलता पनि हो ।” नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले बताए ।

    उनले भक्तपुरमा काँग्रेसले ठेकेदारलाई उम्मेद्वार बनाएकोले ठेकेदारलाई भोट दिन नहुने जिकिर गरे ।” आजको कान्तिपुरमा हेर्नुस, ठेकेदारलाई ठगदार भनिएको छ । ठगदारलाई भोट दिएर ठगिने काम नगर्नुस ।” उनले भने ।

    उक्त सभालाई सम्बोधन गर्दै नेकपाका उम्मेदवार डीपी ढकालले विकाश भनेकै नेकपा भएकोले विकाशका लागि आफूलाई मतदान गर्न अनुरोध गरेका थिए । आफू स्वर्गीय नेता हरिशरण लामिछानेको अधुरा सपना साकार पार्न पुरा इमान्दारीताका लाग्ने बताउदै उनले नगरकोटको डाँडामा मात्र नभई यो क्षेत्रको चुनावमा पनि सूर्य पहिलो हुने विस्वास व्यक्त गरेका थिए ।

    घर दैलो कार्यक्रममा नेकपाका उम्मेदवार डीपीलाई लिएर केन्द्रीय सदस्य एवं सांसद रामेश्वर फुयाल , नेकपा केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, नेकपा भक्तपुर अध्यक्ष बचन देउजा, नेकपा प्रदेश सदस्य एवं निर्वाचन उत्प्रेरक निर्मल भट्टराइ, जिल्ला सदस्य मोहनवीर श्रेष्ठ लगायत नेता कार्यकर्ताको टोलीले मतदाताको घरदैलोमा पुगेर डीपीको लागि मतदान गर्न आव्हान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...