News Portal

  • मेडिकल कलेजमाथि सरकार आक्रामक : अवैध शुल्क फिर्ता नगर्नेलाई पक्राउ गर्न गृहमन्त्रीको आदेश

    भक्तपुर, ९ मङ्सिर
    १००३ पटक
    भक्तपुर, ९ मङ्सिर

    मेडिकल कलेजहरुले अवैध शुल्क उठाइरहेको विषयमा विद्यार्थीहरुको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले अवैध रुपमा असुलेको शुल्क २४ घण्टा भित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ । अवैध सुल्क फिर्ता नगर्ने मेडिकल कलेज संचालकलाई पक्राउ गर्न समेत सरकारले सोमबार निर्देशन दिएको छ ।

    सोमबार गृहमन्त्रालयमा भएको छलफलमा अवैध शुल्क असुल्ने कलेजलाई कारबाही गर्ने निर्णय गरिएको हो । गृह मन्त्री रामबहादुर थापा बादलले अवैध शुल्क फिर्ता नगर्ने कलेजका संचालकलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन समेत दिएका उनको स्वकीय सचिव विरू तामाङ्ग सुदीपले जानकारी गराए ।

    सोमबार सिंहदरवार स्थित गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको बैठकपछि अटेर गर्ने कलेज संचालक माथि सरकार आक्रामक रुपले प्रस्तुत भएको हो ।

    मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न सरकारले दिएको १५ दिनको अल्टिमेटम आज सकिएको हो । तर कुनै पनि कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...