News Portal

  • भक्तपुरको चुनावी परीणाम सरकारविरुद्धको जनमत : पशुपति शमशेर

    भक्तपुर, १६ मङ्सिर
    ६७४ पटक
    भक्तपुर, १६ मङ्सिर

    राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले उपनिर्वाचनमा जनताले सरकार विरुद्ध मतदान गरेको बताएका छन् । प्राप्त परीणाम सरकारविरुद्धको जनमत भएको उनको भनाइ छ ।

    सोमबार रिपोर्टर्स क्लब नेपाल, काठमाडौंद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै जबराले भक्तपुर र धरानमा दुई महत्वपूर्ण सिट नेकपाले हारेको बताउदै धरान र भक्तपुरमा सरकारविरुद्ध जनमत आएको जिकिर गरे ।

    सरकारले दुई तिहाई बहुमतको अवसरलाई खेर फालेको आरोप लगाउदै उनले भने,‘यो सरकार बनेको झण्डै दुई वर्ष भयो । सरकार विकास र प्रशासनिक रुपमा पुरै असफल भयो ।” सरकारको असफलताको रुपमा नेकपाको हार लाई जोडेर हेर्नुपर्नेमा अध्यक्ष जवराको जोड छ ।

    भक्तपुरको प्रदेश सभा सदस्यको लागि भएको उपनिर्वाचनमा राप्रपा (संयुक्त)ले नेपाली काँग्रेसलाई सघाएको थियो । यस अघि नेकपा निर्वाचित यस क्षेत्रबाट काँग्रेसले जीत हात पारेको छ ।

    उक्त साक्षात्कार कार्यक्रममा नेकपाका प्रदेश नम्बर ३ का सचिव एवं पूर्व मन्त्री आनन्द पोखरेलले नेकपा एकढिक्का भएर निर्वाचनमा होमिएको भएपनि भक्तपुरमा राप्रपा (संयुक्त) लगायत साना दलले काँग्रेस लाई सघाउदा जित निकाल्न नसकिएको जिकिर गर्दै नेकपा कमजोर भएको नभई काँग्रेस लगायतका दलको गठबन्धनका कारण हार व्यहोर्न बाध्य भएको भनेका थिए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...