News Portal

  • सभामुखको चयन गर्न प्रम ओली र अध्यक्ष प्रचण्डबीच छलफल गरिंदै

    भक्तपुर, २५ मङ्सिर
    १०५६ पटक
    भक्तपुर, २५ मङ्सिर

    संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेबाट हुने भएपछि नेकपाले सभामुखको चयन गर्न आन्तरिक छलफल थालेको छ । प्रम ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच सभामुखको कुर्सीमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा केहि दिनमै सघन छलफल गर्ने भएको छ ।

    सभामुख चयन प्रक्रिया शुरु हुनुअघि नै उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउने निर्णय भइसकेको नेकपा स्रोतले जनाएको छ । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण उपसभामुखलाई राजिनामा गराउन लागिएको नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले बताए ।

    सभामुखको कार्य सम्हाल्दै आएकी उपसभामुख तुम्बाहाम्फेले आफू सभामुख हुने निश्चित भएपछि मात्र राजिनामा दिने बताइन् । सभामुख र उपसभामुख एकै दलको हुन नहुने संवैधानिक व्यवस्था आफूलाई थाहा भएको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर सबै प्रक्रिया मिलाएपछि निकास दिने उनले बताइन् ।

    तुम्बाहाम्फेले आफू सभामुख हुने निश्चित भएपछि मात्र राजिनामा दिने बताउँदै आएकी थिइन् । यद्यपि उनले सभामुख र उपसभामुख एकै दलको हुन नहुने संवैधानिक व्यवस्था आफूलाई थाहा भएको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर सबै प्रक्रिया मिलाएपछि निकास दिने बताइन् ।

    उपसभामुखले प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्नुअघि राजिनामा दिने कि सभामुख निर्वाचनको कार्यक्रम बनाएर राजिनामा दिने भन्ने अन्यौलमा छ । यद्यपि नेकपा स्रोतले भने पुस ४ गते बसिने संसदको पहिलो बैठकमा संसदको जेष्ठ सदस्यको अध्यक्षता गर्ने र त्यसअघि नै उपसभामुखको राजिनामा आउने जनाएको छ ।

    तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेर राजिनामा दिएपछि डेढ महिनादेखि सभामुख पद रिक्त भएको हो । यसबीचमा विधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने काम उपसभामुख तुम्बाहाम्फेले गर्दै आएकी हुन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...