News Portal

  • नयाँ सभामुखको छलफल: नेम्वाङ वा सापकोटा

    भक्तपुर, २६ मङ्सिर
    १५४० पटक
    भक्तपुर, २६ मङ्सिर

    नेपाल कम्युनिस्ट पार्टीमा सभामुख कसलाई बनाउने विषयको छलफल अब दुई जनामा सिमित भएको छ । नेकपाका सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित भएको छ ।

    एक-दुई दिनमै बस्ने सचिवालय बैठकमा नयाँ सभामुखको विषयमा नेताहरुबीच छलफल हुने स्थायी कमिटीको बैठकका कार्यसूची तय गरेको छ । सोहि बैठक दुई अध्यक्षले नेम्वाङ वा सापकोटाका नाममा सहमति जुटाएर प्रस्ताव बैठकमा ल्याउने ती सदस्यले बताए ।

    यसअघि नेकपाभित्र सभामुखका लागि नेम्वाङ र सापकोटा बाहेक उपसभामुख शिवमाया तुम्बाहाम्फे, प्रमुख सचेतक देव गुरुङलगायतका नेताको पनि बलियो दाबी थियो । तुम्बाहाम्फेले अझै पनि आफू सभामुख हुने निश्चित नभइ राजिनामा नदिने बताइरहेकी छन् ।

    नेकपा स्रोतका अनुसार तुम्बाहाम्फेलाई राजिनामा गराएर मन्त्री बनाउने तयारी यसअघि पनि थियो । राष्ट्रपति विद्या भण्डारी निकट तुम्बाहाम्फेले महिला सांसदहरु र नेकपाकै केही नेताहरुमार्फत आफ्नो पक्षमा निर्णय गराउन नेतृत्वमाथि दबाब सिर्जना गरिरहेकी छन् ।

    नेम्वाङले सभामुख बन्नेबारे मुख खोलेका छैनन् । उनी र तुम्बाहाम्फे नातेदार पनि हुन् । उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही नबोल्न भनेका छन् । ओली नेम्वाङलाई सभामुख बनाउनका लागि प्रचण्डलाई मनाउने प्रयासमा छन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...