News Portal

  • मस्ट पपुलर एयरलाइन्स अवार्ड: नेपाल एयरलाइन्स

    भक्तपुर, १ पुस
    १२७२ पटक
    भक्तपुर, १ पुस

    नेपाल एयरलाइन्सले ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ हासिल गरेको छ । एयरलाइन्स कृटिज एन्ड ब्लगर एशोसिएसनले सन् २०१९ को लोकप्रिय एयरलाइन्सको अवार्ड नेपाल वायु सेवा निगमलाई प्रदान गरेको हो ।

    एशोसियसनका अध्यक्ष टिपियस ग्रोबरले दिएको जानकारी अनुसार चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, रिभ्युअर, यात्रु र एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई यो अवार्ड प्रदान गरिएको हो ।

    वायुसेवा कम्पनीका कर्मचारीले विमानस्थलमा यात्रुहरुलाई गर्ने व्यवहार, उडानका क्रममा क्रु-मेम्बरले गर्ने व्यवहार, यात्रु सेवा, इन्फ्लाइट खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

    एशोसियसनले ४ वर्षदेखि पत्रकार, यात्रु तथा ब्लगरको समीक्षाका आधारमा अवार्ड प्रदान गर्दै आएको हो । यसअघि थाइ एयर र फिन एयरले यो अवार्ड पाइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...