News Portal

  • नक्कली कागजात बनाई परीक्षा दिन आउने २ पक्राउ

    भक्तपुर, २ पुस
    ७२६ पटक
    भक्तपुर, २ पुस

    सवारी चालक अनुमति पत्र लिन प्रयोगात्मक परीक्षा दिएका २ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार उनीहरु नक्कली कागजात बनाई परीक्षा आएका हुन् ।

    उनीहरुलाई चन्द्रगिरी नगरपालिका गर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिको ड्राइभिङ सेन्टरबाट मंगलवार बेलुका ४ बजे पक्राउ गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रहरीको नियन्त्रणमा आउने मध्ये एक कालिकोट खाडाचक्र नगरपालिका घर भइ हाल चावहिल बस्दै आइरहेका १९ वर्षका विरेन्द्र मल्ल हुन् भने अर्का सुकेधारा बस्ने ३० वर्षीय दिपक शाही हुन् ।

    सवारी चालक अनुमति पत्र लिनका लागि नेपाली नागरिकता लगायत सरकारी कागजात नक्कली बनाइ फरक व्यक्तिलाई ट्रायल परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जानकारी दिएको हो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...