News Portal

  • महासंघको माग: शिक्षकको अनिवार्य अवकाश उमेर ६३ हुनुपर्ने

    भक्तपुर, २ पुस
    ५७४ पटक
    भक्तपुर, २ पुस

    नेपाल शिक्षक महासंघले शिक्षकहरुको अनिवार्य अवकाश उमेर कायम गर्न सरकारसँग माग गरेको छ । महासंघले शिक्षकहरुको अवकाश उमेर ६३ वर्ष कायम गर्न माग गरेको हो ।

    शिक्षा सचिव महेश दाहाललाई मंगलवार ज्ञापन पत्र बुझाउदै महासंघले शिक्षकको सेवाअवधिको उमेर हद बढाउन माग गरेको छ । महासंघको पदाधिकारीको समूहले शिक्षामन्त्री भेट्न नपाएपछि सचिव महेशप्रसाद दहाललाई बुझाएर फर्केका थिए ।

    महासंघले मन्त्रालय र आफुहरुबीच विगतमा भएको ३० बुंदे सम्झौता अक्षरशः लाग हुने गरी राष्ट्रिय शिक्षा ऐन एवम् नियमावलीमा प्रबन्ध गर्न माग गरेको छ । महासंघले दश वर्ष सेवा गरेका स्थायी शिक्षकको लागि आवधिक बढुवाको प्रबन्ध र बढुवाको अनुपात वृद्धि गरी विशिष्ठ श्रेणीकोसमेत व्यवस्थागर्न माग गरेको हो ।

    महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालय शिक्षकहरुको हकहितको विरुद्धमा लागेकाले सचेत बनाउँदै विगतका सम्झौता र मागहरु स्मरण गराउन मन्त्रालय पुगेको बताए ।

    भरखरै स्थायी भएका शिक्षकहरुलाई पेन्सन र उपादान नपाउने गरी कानुनी प्रबन्ध गरिएको समेत बुझिएकाले शिक्षा मन्त्रालय शिक्षक हकहित तथा शिक्षा विकासको सवालमा जानी जानी उल्टो कदम हिड्न खोजेको देखिएको महासचिव सुवेदीले बताए । शिक्षक महासंघसामु अब आन्दोलनमा जानु बाहेक कुनै विकल्प नबचेको सुवेदीले स्पष्ट पारे ।

    महासंघले कार्यरत स्थायी शिक्षकको पेन्सनका लागि अस्थायी अवधि गणना गर्ने व्यवस्था गर्न साथै, शिक्षक पदस्थापन हुँदा विस्थापित भई राहतमा पुनस्र्थापन भएका शिक्षकको पेसाको निरन्तरता गर्न सरकारसँग माग गरेको छ ।

    महासंघले अहिले मन्त्रालयको तर्फबाट सम्झौता विपरित दरबन्दी मिलान योजना आएकोले उक्त योजनाको मापदण्ड परिवर्तन गरी सम्झौता बमोजिम नयाँ प्रस्ताव तयार गर्ने तथा नपुग दरबन्दी प्रक्षेपण गर्ने कार्य तुरन्तै आरम्भ गर्न माग गरेको छ ।

    यसैगरी, ट्रेड युनियन अधिकारको वेवास्ता गर्दै सुविधा तथा सुरक्षा रहित नयाँ शिक्षा जन्माउने प्रक्रिया बन्द गरी आवश्यक नयाँ दरबन्दी सिर्जना गर्न महासंघले माग गरेको छ ।

    महासंघले भरखरै जारी भएको राष्ट्रिय शिक्षा नीतिले उल्टोदिशा निर्देश गरेको आरोप लगाउँदै संवैधानिक हक अनुसार प्रबन्ध गर्न आवश्यक ऐन नियम तर्जुमा गर्न माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यरातमा लुटियो आकाश भैरवको मुर्ति

    हल्चोक स्थित हल्चोक आकाश भैरवको मुर्ति मध्यरातमा लुटिएको छ। हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर...

    बनेपालीको नेतृत्वमा बन्यो बागमती प्रदेश स्तरीय लेखक संघ

    अखिल नेपाल लेखक संघ, बागमती प्रदेशमा अगिव बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।...

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार...

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ...

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको...