News Portal

  • अब शिक्षकले राजनीति गर्न र एनजिओमा काम गर्न नपाउने

    इभक्तपुर संवाददाता
    ११२७ पटक

    काठमाडौं । अब शिक्षक र कर्मचारीले शिक्षण बाहेकका अन्य कुनैपनि कार्यमा सहभागी हुन नपाउने भएका छन् ।

    सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा विद्यालय, प्राविधिक शिक्षालय, विश्वविद्यालय वा शिक्षण संस्थाका शिक्षक र कर्मचारीले तोकिएको दैनिक कार्य समयावधिभर शिक्षासँग सम्बन्धित बाहेक अन्य कुनै पनि पेसामा आबद्ध हुनलाई रोक लगाएको हो ।

    यसैगरी शिक्षककर्मचारीलाई कुनै पनि गैरसरकारी संस्थाका गतिविधि वा राजनीतिक व्रिmयाकलापमा सहभागी हुने कार्यमासमेत रोक लगाइएको छ ।

    शिक्षक तथा कर्मचारी र पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी वहन गर्दै पेसा वा जिम्मेवारीप्रति उत्तरदायी बनाउन पेसागत आचारसंहिता बनाई लागू गर्ने एवंं पेसागत हक हित संरक्षणका लागि एकल पेसागत संगठनको कानूनी प्रबन्ध गर्ने .शिक्षा नीतिमा उल्लेख छ ।

    राष्ट्रिय शिक्षा नीतिमा सबै तह र प्रकारका शिक्षण संस्थामा काम गर्ने शिक्षक, प्रधानाध्यापक, प्राध्यापक तथा कर्मचारी र पदाधिकारीको पेसागत आचारसंहिता तयार गरी लागू गरिने र सो अनुसार भए नभएको अनुगमन गरिने स्पष्ट पारिएको छ ।

    यसैगरी विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको पेसागत हकहित संरक्षण र पदीय जिम्मेवारीप्रति उत्तरदायी बनाउन एकल पेसागत संगठन मात्र रहने व्यवस्था गरिने उल्लेख छ । यसको मतलव अब शिक्षक कर्मचारी शिक्षक महासंघ बाहेकका दलिय संगठनमा आबद्ध हुन नपाउने भएका छन् ।

    प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीको कार्यसम्पादन मूल्याङ््कन प्रक्रियालाई पारदर्शी तथा नतिजामा आधारित बनाउन कार्यसम्पादन सम्झौता गरिने नीतिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...