News Portal

  • स्थानीयले घरजग्गा नछाडेपछि घरका पेटीमा डोजर

    भक्तपुर, ७ पुस
    १७४७ पटक
    भक्तपुर, ७ पुस

    घर र जग्गा स्थानीयले नछाडेपछि साँखुमा ती संरचना भत्काउन जनप्रतिनिधि नै खटिएका छन् । ६ बर्षअघि नै मुआब्जा दिएको घर र जग्गा नछादेपछी ती संरचना भत्काएका हुन् ।

    सरकारले अधिग्रहण गरिसकेको शंखरापुर नगरपालिका – १ नाङ्लेभारेको बजारमा रहेका पसल, घरका पेटी डोजर लगाएर भत्काइएको शंखरापुर नगरपालिका १ का वडाअध्यक्ष श्याममणि ढुंगानाले बताए ।

    उनले ६ बर्षअघि नै मुआब्जा बुझे पनि स्थानीयले यो ठाउँ खाली नगरेको भन्दै ती पसल, घरका पेटी भत्काइएको जानकारी दिए । स्थानीयहरू त्यहाँ जबरजस्ती बसिरहेको उनि बताउछन् ।

    सोमबार नाङ्लेभारे बजारमा ६ वटा घरका पेटी भत्काइएको छ । वडाअध्यक्ष ढुंगानाका अनुसार सडक १० मिटर फराकिलो पार्नको लागि ६ वर्षअघि नै स्थानीयको जग्गाको मुआब्जा वितरण गरिएको थियो । अहिले सडक विस्तार गर्ने क्रममा मुआब्जा वितरण भइसकेको जग्गा खाली गराइएको हो ।

    नाङ्लेभारे चौकीदेखि नाङ्लेभारे बजारसम्मको सडक १० मिटर फराकिलो बनाएर ढलान गर्ने तयारी भएको वडाध्यक्ष ढुंगानाले बताए । यो सडकको लम्बाइ करिब १७ सय मिटर रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...