News Portal

  • आज क्रिसमस पर्व हर्षोल्लासका साथ् मनाइदै

    भक्तपुर, ९ पुस
    १४०२ पटक
    भक्तपुर, ९ पुस

    विश्वका करिब सय बढी देशमा क्रिसमस पर्व हर्ष उल्लास सहित मनाइदैछ । पच्चीस डिसेम्बरमा प्रत्येक वर्ष क्रिसमसलाई प्रभु यशु ख्रिस्ट (ईसा मसीह )को जन्मोत्सवको रुपमा मनाइने धार्मिक प्रचलन रहिआएको पाइन्छ ।

    यो पर्व इसाई अर्थात् क्रिस्चियन धर्मावलम्बीले आफ्नो प्रभु यशुको सम्झनामा मनाउने भएपनि नेपालमा अन्य धर्माबलम्बीले पनि यसलाई मनोरन्जनकोरुपमा मनाउदै आएका देखिन्छन । यो दिन ईसाईहरु तरह-तरहको मिष्ठान्न भोजन र अमोद प्रमोद गर्दै उत्सवको आयोजना गर्दछन ।

    सामान्यतः २५ डिसेम्बरलाई ईसा मसीहको जन्मदिवस मानिन्छ परन्तु प्रारंभमा स्वयं धर्माधिकारीहरु नै यो दिनलाई यशुको जन्मदिनको मान्यता दिन तैयार थिएनन । त्यतिबेला यो वास्तवमा रोमन जातिको एक पर्व थियो ,जसमा यो दिन सूर्य देवताको जन्मदिवस भएको भनेर सूर्यदेवताको आराधना गरिन्थ्यो ।

    जब ईसाई धर्मको प्रचार भयो तब केही धर्माधिकारीले इसा मसिहलाई नै सूर्यका अवतार मानी आराधना गर्न थाले । ३६० ईस्वी सम्बत आसपास रोमको एक चर्चमा ईसा मसीहको जन्मदिवस भनेर २५ डिसेम्बरमा प्रथम समारोह आयोजना गरियो, जसमा स्वयं पोप नै सहभागी भए तरपनि तारीखको बारेमा मतभेद कायम थियो ।

    ईसाई धर्मको प्रचारपछि मानिसहरु आफ्नो जनावरको पहिलो बच्चा ईसाको नाममा चढाएर बलि दिन लागे र उनको नाममा भोजको आयोजना हुन लाग्यो । कालान्तरमा क्रिसमस पर्व मिष्ठान्न भोजन र हासखेलको पर्व बन्न पुग्यो ।

    ईसाइहरुको सबभन्दा ठूलो पर्व क्रिसमसको उमंग २४ दिसंबर बाटै शुरु हुन्छ । क्रिसमसको पूर्व संध्यामा मानिसहरु प्रभु इसुको प्रशंसा गर्दै प्राथना गर्दछन र क्रिसमसको दिन प्यार र भाईचाराका साथ् एक अर्काको घर जाने र रमाइलो गर्ने गर्दछन ।

    नेपालमा पनि क्रिसमस मनाउनका लागि विभिन्न चर्च, विद्यालय, होटल तथा सार्वजनिक स्थल लगायतमा ‘क्रिसमस ट्रि’ राखेर क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...