News Portal

  • प्रदेश सरकारले आफ्नै प्रमुख जिल्ला अधिकारी (सीडीओ) नियुक्त गर्ने

    भक्तपुर, १३ पुस
    ८८० पटक
    भक्तपुर, १३ पुस

    प्रदेश सरकारले आफ्ना प्रत्येक जिल्ल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरू नियुक्त गर्ने बताइएको छ । सातै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुले प्रदेश मातहत प्रजिअ हुनुपर्नेमा जोड दिएका हुन् ।

    शनिवार प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विराटनगरमा आयोजित सुरक्षासम्बन्धी अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रममा सहभागी बहेका सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूले सीडीओहरूलाई संघीय सरकार अन्तर्गत राख्न नहुने जिकिर गरे ।

    सिडिओ प्रदेश मातहत हुनुपर्ने बताउँदै प्रदेशका ग्रिह मन्त्रीहरुले सोही अनुसार संघीय ऐन नआए प्रदेशहरूले छुट्टै सीडीओ नियुक्त गर्ने बाध्य हुने चेतावनी दिए ।

    ‘प्रदेश सरकार मातहत नबसे हामी छुट्टै प्रमुख जिल्ला अधिकारी नियुक्त गर्न बाध्य हुन्छौ ।’ प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले भने ।

    अन्तर प्रदेश गृहमन्त्री स्तरीय छलफलले १० बुँदे साझा धारणा समेत तयार पारेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...