News Portal

  • मावि तहको लाइसेन्स परीक्षाको ७५ प्रतिशत कापी परिक्षण

    भक्तपुरपोष्ट संवाददाता२१ पुस
    ११०९ पटक
    २१ पुस

    भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ ।

    आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन् । गौतमका अनुसार पुषभित्रै मावि तहको कपी परिक्षण सकिने र माघमा नतिजा प्रकाशित हुनेछ ।

    आयोगले काठमाडौंमा २ र ललितपुरमा २ गरी ४ परिक्षण केन्द्रमा धमाधम कापी परिक्षण गरिरहेको छ ।

    यसअघि काठमाडौंको कालिमाटीस्थित जनप्रभात मावि र ललितपुरको बालकुमारी स्थित गम्भिर समुन्द्र सेतु मावि गरी २ वटा परिक्षण केन्द्रमा कापी परिक्षण भइरहेकामा अहिले काठमाडौंको रत्नराज्य मावि बानेश्वर र ललितपुरको टीका विद्याश्रम सानेपा गरी २ केन्द्र थपेर धमाधम कापी परीक्षण भइरहेको हो ।

    चारओटै परिक्षण केन्द्रमा हाल २ सय बढी परिक्षकले कापी परिक्षण गरिरहेका र जाडो विदाको समयमा आवश्यकताका आधारमा थप शिक्षकहरुबाट कापी परिक्षण गराइने आयोगका अध्यक्ष गौतमले जानकारी दिए ।

    गौतमका अनुसार हाल निम्न माध्यमिक र माध्यमिक तहको कापी परिक्षण भइरहेको र केही दिन भित्रै प्राथमिक तहको पनि कापी परिक्षण शुरु गरिने छ । उनका अनुसार प्राथमिक तहको कापी परिक्षणका लागि आयोगमा समेत परिक्षण केन्द्र राख्ने तयारी भइरहेको छ ।

    प्रावि तहको कापीको कोडिङ गर्ने काम सकिएको भन्दै गौतमले निमावि र प्राथमिक तहका कापी परिक्षक एकै हुने भएकाले निमाविको सकिन साथ प्रावितहको परिक्षण शुरु गरिने स्पष्ट पारे ।

    गएको असोजमा भएको शिक्षक लाइसेन्स परीक्षामा प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...