News Portal

  • माघ १ र २ गते सार्वजनिक बिदा

    भक्तपुरपोष्ट संवाददाता२२ पुस
    ४५३ पटक
    २२ पुस

    बुटवल । प्रदेश नं. ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने बिदा दिने निर्णय गरेको हो ।

    माघीका अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले माघी उत्सवको समेत योजना गर्ने भएका छन् । गएको वर्षसमेत उत्सव आयोजना गर्दै सरकारले दुई दिने बिदा दिएको थियो ।

    मन्त्रीपरिषद् बैठकले फागुनमा प्रदेश स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले स्थापना दिवसमा दाङको बेलझुण्डिमा प्रदर्शनी गर्ने निर्णय गरेको बताए ।

    बैठकले फागुन १० गतेदेखि ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको हो । एक्स्पोमा कृषि, शिक्षा, स्वास्थ्य सूचना प्रविधिको प्रदर्शनी हुनेछ । त्यस्तै बैठकले सुचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । १ निर्देशक सहित १० जनाको दरबन्दी बैठकले स्वीकृत गरेको हो ।

    बैठकले रुपन्देहीका इन्द्रप्रसाद पछाईलाई प्रदेश बन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ । त्यसैगरी बैठकले प्रदेश पदक निमावली स्वीकृत गरेको छ । प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण विधेयक निर्माणको अवधारणा समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...