News Portal

  • ७० प्रतिशत बालकालिकालाई रिफर गर्नुपर्ने बाध्यता हटेको डा. आरपी बिच्छाको दाबी

    भक्तपुर, २२ पुस
    ८२० पटक
    भक्तपुर, २२ पुस

    अस्पतालका निर्देशक डा. आरपी बिच्छाले विज्ञहरूको सल्लाहअनुसार २ महिना पहिले १० बेडको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई निजी अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको दाबी गरेका छन् ।

    अस्पतालको ५८औं वार्षिकोत्सवमा उनले यो जानकारी दिएका हुन्। अझै पनि एकदिनमा ४/५ बिरामी अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता भने कायमै रकेहो उनले बताए ।

    कान्तिमा आईसीयू बेडको अभावले देशका विभिन्न ठाउँबाट आउने बिरामीलाई अन्य अस्पताल पठाउनुपर्ने अवस्था अझै पनि रहेको अस्पतालका निर्देशक डा. आरपी बिच्छाले बताए ।

    कान्ति बाल अस्पतालले चालु आवको पुससम्ममा ७० हजार बालबालिकालाई ओपीडी सेवा दिएको जनाएको छ ।

    ओपीडीतर्फ ७० हजार र आकस्मिकतर्फ २७ हजार बालकालिकालाई सेवा दिइएको अस्पतालको ५८औं वार्षिकोत्सवमा अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. आरपी बिच्छाले गत आवमा ओपीडीतर्फ १ लाख ५५ हजार र आकस्मिकतर्फ ५५ हजार बालबालिकालाई सेवा दिइएको बताए ।

    हरेक वर्ष १० देखि १२ प्रतिशत सेवाग्राही बढेको उल्लेख गर्दै बिच्छाले गत वर्ष २ हजार बालबालिकाको शल्यक्रिया गरिएको र १० हजारले अन्तरंग सेवा लिएको बताए ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रोेफेसर डा. डीएन शाहले बालरोगको क्षेत्रमा नेपालले गरेको केही विश्वस्तरीय अनुसन्धान गर्व गर्न लायक भएको बताएका छन् ।

    कान्ति बाल अस्पतालले अहिले चौबीस घण्टे सिटी स्क्यान सेवा सुरु गरेको छ । यस्तै २ सिफ्टमा अल्ट्रासाउन्ड सेवा पनि प्रदान गरिरहेको छ । अबको १ वर्षभित्र करिब ५० जना बस्न मिल्ने कुरुवा घरको स्थापना गर्ने अस्पतालले योजना बनाएको छ । त्यसका लागि डीपीआर तयार भएर नक्सासमेत पास भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...