News Portal

  • बुढेसकालमा अक्षर सिक्दै आमाहरु

    २९ पुस
    १५४३ पटक
    २९ पुस

    हुम्ला । बुढेसकालका आमाहरु महिला समुहमा आबद्ध भई साक्षरता कक्षामा गएर अक्षर सिक्न थालेका छन् । उमेरमा नपढिए पनि आफ्नो नाम खेल्न र सामान्य अक्षर पढेर आयआर्जन गर्नकै लागि ढल्कदो उमेरमा आमाहरु अक्षर सिक्न थालेका हुन् ।

    पहिला नपढिएकोमा पश्चताप भएको बेला गाउँमै सञ्चालन भएको एक साक्षरता कक्षामा भर्ना भएर अक्षर लेख्न र पढ्न सिक्न थालेको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ की जालन्दरा शाहीले बताइन् । अक्षर लेख्न र पढ्न कठिनै हुने भएपनि प्रयास गरेमा हुने रहेछ भन्दै शाहीले ढिलै भएपनि आफ्नो नाम लेख्न र पढ्न सक्ने भएकोमा गर्भ लाग्न थालेको बताइन् । ढिलै भएपनि यो उमेरमा अक्षर लेख्न र पढ्न जान्न थालिया छ– शाहीले भनिन् ।

    उनी जस्तै गाउँका २८ जना उमेर ढल्केका सीमान्तकृत समुहका आमाहरुले यतिखेर उक्त साक्षरता कक्षामा अध्ययन गरि रहेकाछन् । सबै जना अहिले प्रारम्भिक चरणमा पुगेका छन् ।

    यता सोही गाउँपालिका वडा नम्बर ७ को रोडिकोट गाउँकी काली जैशीले पनि आफ्नो नाम लेख्न सक्ने भएको बताइन् । अक्षर सिक्न बुढेसकालमा कठिन हुने बताउदै जैशीले निरन्तरको प्रयास र अभ्यास पछि क ख सबै पढ्न र लेख्न जान्ने भएको बताइन् । । कम से कम यो उमेरमा भएपनि साक्षर हुने उद्देश्य रहेको उनको भनाई छ ।

    यी बुढेसकालकी आमाहरु सर्केगार्ड गाउँपालिकामा लागु भएको शिशु कार्यक्रमको आर्थिक सहयोगमा सामाथ्र्य परियोजनाबाट सञ्चलित साक्षरता कक्षामा अध्ययन गरि रहनु भएको हो ।

    निरक्षर र सिमान्तकृत महिलाहरुलाई साक्षर बनाएर पछिल्लो समय अनुसारको ब्यबसायमा सहभागी गराई आयआजर्नमा बृद्धि गर्न महिला साक्षर बन्नै पर्ने र त्यसलाई सार्थक बनाउन साक्षरता कक्षा सञ्चालन गरिएको परियोजनाका फिल्ड सुपर भाईजर प्रतिभा देबकोटाले बताइन् ।
    क पनि नजान्ने महिलाहरु अहिले क ख चिन्न मात्र होइन लेख्न पनि सक्ने हुनु भएको देबकोटाले भनाइ छ ।

    परियोजनाले गाउँपालिका भरिका ८ वटै वडामा दश वटा यस्ता कक्षा सञ्चालन गरि २८० जना महिलाहरुलाई साक्षरता कक्षाका सहभागी गराउदै आएको छ । यी कक्षाहहरु दश महिनासम्म सञ्चालन हुनेछ ।

    परियोजनाको यो कामले आगामी जेठ महिनामा हुम्ला जिल्लालाई साक्षर युक्त जिल्ला घोषणा गर्ने कार्यक्रमलाई सहयोग पुग्ने शिक्षा बिकास तथा समन्य इकाईका प्रमुख विष्णु बहादुर शाहीले बताए ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...