News Portal

  • उमावि अनुदान कोटा र राहत शिक्षकको दरबन्दी स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने

    भक्तपुर, २ माघ
    ७३५ पटक
    भक्तपुर, २ माघ

    हाल कायम रहेका उमावि र राहत शिक्षकका दरबन्दी अनुदान कोटा स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने प्रस्ताव गरिएको छ । शिक्षा मन्त्रालयले निर्माण गरिरहेको शिक्षा ऐनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

    ऐनको मस्यौदामा परिच्छेद ६ को दफा ५६ को १ मा ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका राहत कोटाका दरबन्दी तथा उच्च माध्यमिक तहको दरबन्दी अनुदान कोटा स्वत्तः शिक्षकको स्थायी दरबन्दीमा रुपान्तरण हुने उल्लेख छ ।

    यसैगरी, उपदफा २ मा स्वत्तः रुपान्तरण भएका दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा पदपूर्ति गरिने प्रस्ताव गरिएको छ ।

    साथै, उपदफा ३ मा एकपटकका लागि शिक्षक सेवा आयोगले स्थायी पदपूर्तिका लागि लिने परीक्षामा उम्मेदवार हुन राहत दरबन्दी तथा उच्च माध्यमिक तहको दरबन्दी तथा अनुदान कोटामा कार्यरत शिक्षकहरुलाई उमेरको हद नलाग्ने उल्लेख छ ।

    यस्तै, उपदफा ४ मा अनुदान कोटालाई स्थायी दरबन्दीमा रुपान्तरण र पदपूर्ति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...