६ माघ २०७६काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् ।
‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु ।’
‘नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११ को उपनियम (१) बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट मैले आजैको मितिदेखि लागू हुनेगरी राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु,’ सभामुखलाई सम्बोधन गर्दै बुझाएको राजीनामामा तुम्बाहाङ्फेले भनेकी छन्।
अपरान्ह ४ बजेका लागि पुनः बोलाइएको संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। ठाकुर संसद सञ्चालन गर्नका लागि पद तथा गोपनियताको सपथ लिन राष्ट्रपति कार्यालय शितलनिवास जाँदैछन्।
