News Portal

  • सभामुखमा अग्नि सापकोटा निर्विरोध, १२ गते घोषणा

    भक्तपुरपोष्ट संवाददाता७ माघ २०७६
    ८३२ पटक
    ७ माघ २०७६

    काठमाडौं। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो ।प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने लगभग पक्का भएको छ ।

    नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाकै सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गरेका हुन् ।

    प्रतिनिधिसभाको दोस्रो ठूलो तथा प्रमुख प्रतिपक्षी दलले भने सभामुखमा उम्मेदवारी दिएन । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवार नदिने निर्णय गरेको थियो ।उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

    उम्मेदवार दर्ता गर्ने समय सकिएसँगै संसद सचिवालयले सभामुख पदका लागि दर्ता भएका उम्मेदवारको अन्तिम सूची प्रकाशन गरेको छ ।प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकमा सभामुख निर्वाचनका लागि उम्मेदवारहरुको प्रस्ताव निर्णयार्थ पेश गरिने छ ।

    एउटा मात्रै उम्मेदावरी परेका कारण माघ १२ गते बस्ने प्रतिनिधिसभा बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...