News Portal

  • ८ लाख घूससहित गाउँपालिका अध्यक्ष पक्राउ

    भक्तपुरपोष्ट संवाददाता१० माघ २०७६
    ६७७ पटक
    १० माघ २०७६

    सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।स्थानीय स्तरमा निर्मित सडकको बिल भुक्तानीबापत लिएको घुससहित गाउँपालिका अध्यक्ष केसी पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले अध्यक्ष केसीलाई ८ लाख घुस रकम लिँदा लिँदै पक्राउ गरेको हो ।

    केसीसँगै रहेका अर्का व्यक्ति चन्द्र बहादुर बस्नेत पनि पक्राउ परेका छन् । घुस लेनदेन प्रकरणमा संलग्न रहेको देखिएपछि बस्नेतलाई पनि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले भक्तपुरपोष्टलाई जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...