News Portal

  • १९ महिनापछि राष्ट्रियसभा गृहमा नेकपाको केन्द्रीय समिति बैठक सुरु

    भक्तपुरपोष्ट संवाददाता१५ माघ २०७६
    ८७७ पटक
    १५ माघ २०७६

    काठमाडौं । १९ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा नअट्ने भएपछि राष्ट्रिय सभागृहमा बैठक गरिएको हो ।

    तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि यो दोस्रो केन्द्रीय समिति बैठक हो । राष्ट्रिय सभा गृहमा ११ बजेदेखि सुरु भएको बैठकमा पार्टीका ४ सय ४१ केन्द्रीय सदस्य सहभागी भएका छन ।

    बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो ।

    अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट विभिन्न समूह बनाएर पेरिसडाँडाँ र धुम्बाराहीमा छलफल गरिनेछ । बैठक ४ दिनसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...