News Portal

  • आज वसन्त पञ्चमी, सरस्वती माताको आराधना गरेर मनाइँदै

    भक्तपुरपोष्ट संवाददाता१६ माघ २०७६
    २८२९ पटक
    १६ माघ २०७६

    माघ मासको शुक्ल पक्षको पञ्चमी तिथिलाई वसन्त पञ्चमीको रुपमा मनाइने गरिन्छ । यस दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ । यसैदिन शब्दको शक्ति मानवहरुको झोलीमा आएको समेत मानिन्छ । त्यसैले यसदिन साना बालबालिकाहरुलाई पहिलो पटक अक्षर लेख्न सिकाउने समेत  गरिएको पाइन्छ ।

    आजको दिनदेखि  वसन्त ऋतुको आरम्भ हुनेगर्छ । यसदिन देवी सरस्वती तथा उनको ग्रन्थको पुजा गर्ने गरिन्छ । साना बालबालिका यस दिनदेखि विद्याको आरम्भ गर्नेगर्छन । संगीतकार आफ्ना वाद्ययन्त्रको पुजा गर्छन् । विद्यालय तथा शिक्षणसंस्थाहरुमा सरस्वती तथा वेदको पुजा गरिन्छ । हिन्दु मान्यता अनुसार, वसन्त पञ्चमीलाई अबूझ मुहूर्त मानिन्छ । त्यसैले यसदिन बिना मुहूर्त सबै शुभ तथा मांगलिक कार्य गर्ने गरिन्छ ।

    यस दिन पितृ तर्पण समेत गरिन्छ । यसैदिन कामदेवको पनि पुजा गर्ने गरिन्छ । यसदिन पहिरन पनि परम्परागत हुने गर्छ । प्रायः पुरुषहरु सेतो रंगको कपडा र महिलाहरु पहेंलो रंगको कपडा लगाउने गर्दछन् । यस दिन गायन, वादनको साथमा अन्य सांस्कृतिक कार्यक्रमहरुसमेत हुने गर्दछन् ।

    सरस्वतीलाई  समस्त ज्ञान, साहित्य, संगीत, कलाकी देवी मानिन्छ । विद्यालयहरुमा वसन्त पञ्चमी बडो धुमधामका साथ मनाउने गरिन्छ । यही शिक्षाले नै मनुष्यलाई पशुहरुबाट अलग बनाएको मानिन्छ । ब्रह्मादेवले सृष्टिको रचना गरेपछि मनुष्यको रचना गरेको मान्यता रहँदै आएको छ । मनुष्यको रचना गरेपछि यिनीहरुले मात्रै सृष्टिको गति दिनसक्दैनन् भन्ने ब्रह्मादेवलाई अनुभव भयो ।

    त्यसपछि उनले विष्णु भगवानको अनुमति लिएर एउटी चतर्भुजी स्त्रीको रचना गरे । जसको एउटा हातमा वीणा तथा अर्कोहात वर मुद्रामा थियो । अन्य दुईहातमा पुस्तक तथा माला थियो ।

    शब्दका माधुर्य तथा रसले युक्त भएकी कारण उनको नाम सरस्वती राखियो । सरस्वतीले जब पहिलो पटक आफ्नो वीणा झंकृत गरिन्, तव  समस्त सृष्टिमा नादको पहिलो अनुगूञ्ज हुन पुग्यो । सरस्वतीको अवतरण माघ मासको शुक्ल पक्षको पञ्चमी तिथिमा भएको थियो । त्यसैले यस दिनलाई वसन्त पञ्चमीको रुपमा मनाउन थालियो ।

    यो पनि मानिँदै आएको पाइन्छ कि, विष्णुको कथन अनुसार ब्रह्मादेवले सरस्वती माताको आह्वान गरे । सरस्वती माता प्रकट भएपछि ब्रह्मादेवले उनलाई आफ्नो वीणाले सृष्टिमा श्वर भर्न अनुरोध गरे । सरस्वतीमाताले जव वीणाका तारहरु छुन शुरु गरिन्, त्यसबाट शुरुमा सा शब्द निस्कियो ।  यही शब्द पछि संगीतको सात सुरमध्ये प्रथम हुनगयो ।  यसै ध्वनिबाट ब्रह्मादेवको मूक सृष्टिमा ध्वनिको सञ्चार हुन शुरु भयो । हावा, सागर, पशुपंक्षी तथा अन्य जीवजन्तुहरुलाई वाणी मिल्यो । नदीहरुबाट कलकलको ध्वनि छुट्न लाग्यो । यसबाट ब्रह्मादेव धेरै प्रसन्न भए । उनले सरस्वतीलाई वाणीको देवीको नामले सम्बोधन गर्दै वागेश्वरी को नाम दिए ।

    सरस्वतीमाताको पुजा विधि
    ज्ञान तथा वाणी बिना संसारको कल्पना गर्न असम्भव थियो । सरस्वती माता यिनैको देवी हुन् । त्यसैले मनुष्यले मात्रै होइन, देवता तथा असुरले समेत पुरा भक्तिभावले उनको आरधाना र पुजा गर्ने गर्छन् । सरस्वती पुजाको दिन मान्छेहरुले आआफ्नो घरमा माताको प्रतिमा बनाइ पुजा र आरधाना गर्ने गर्छन् ।

    सरस्वती पुजा गर्ने समय शुरुमा सरस्वती माताको प्रतिमा अथवा तस्वीर सामुन्ने राख्नुपर्छ । त्यसपछि कलश स्थापित गरेर गणेश जी तथा नवग्रहको विधिवत् पुजा गर्नुपर्छ ।

    त्यसपछि मात्र माता सरस्वतीको पुजा गर्नुपर्छ । सरस्वती माताको पुजा गर्ने समय उनलाई सबैभन्दा पहिले आचमन तथा स्नान गराउनुपर्छ । त्यसपछि मातालाई फूल, माला चढाउनुपर्छ । सरस्वती मातालाई सिन्दूर, अन्य श्रृंगारका वस्तुहरु पनि अर्पित गर्नुपर्छ ।  देवी सरस्वती श्वेत(सेतो) वस्त्र धारण गर्छिन । त्यसैले उनलाई श्वेत वस्त्र लगाइदिनुपर्छ । उनलाई सकभर पहेलो रंगका फलफूल चढाउनु पर्छ  । प्रसादको रुपमा मौसमी फलफूलको अलवा बुदिया अर्पित गर्नु वेश मानिन्छ । यसदिन सरस्वती मातालाई मालपुवा तथा खीरको भोग पनि लगाउने गरिन्छ । माघ शुक्ल पञ्चमीको दिन सरस्वती माताको पुजा पश्चात् षष्ठी तिथिको बिहान  त्यसको विसर्जन गरिदिनुपर्छ । साझँपख उनको मूर्तिलाई प्रणाम गरि जलमा प्रवाहित गर्नुपर्छ ।

    अक्षराभ्यासको दिन
    वसन्त पञ्चमीको दिन बालबालिकाहरुलाई अक्षराभ्यास गराउने गरिन्छ । अक्षराभ्यासको तात्पर्य, विद्या अध्ययन प्रारम्भ गर्न अगाडि पहिला उनीहरुको हातले अक्षर लेख्न प्रारम्भ गराउनु । यसका लागि आमाबुवाले शुरुमा आफ्ना बच्चालाई काखमा राखेर बस्नुपर्छ । त्यसपछि बच्चाको हातले गणेश भगवानलाई पुष्प समर्पित गराउनुपर्छ । साथमा, स्वस्तिवाचन इत्यादि को पाठ गराएर बच्चालाई अक्षराभ्यास गराउनुपर्छ । यसरी बच्चालाई अक्षराभ्यास गराउँदा  उसको बुद्धि तीव्र हुने मान्यता रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...