News Portal

  • नेकपाका आलिताल अध्यक्षमाथि अज्ञात समूहद्वारा कुटपिट

    भक्तपुरपोष्ट संवाददाता१७ माघ २०७६
    ८५० पटक
    १७ माघ २०७६

    कैलाली । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आलिताल गाउँपालिका कमिटीका अध्यक्षमाथि कुटपिट भएको छ ।डडेल्धुराको आलिताल गाउँपालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र जोशीमाथि कुटपिट भएको हो । शुक्रबार दिउँसो बैठकमा सहभागी हुन गइरहेका बेला जोशीलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

    जोशीलाई मुकुन्डो लगाएर आएको समूहले अपहरण गरी कुटपिट गरेको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले बताए। कुटपिटबाट जोशीको खुट्टा, टाउको र हातमा गम्भीर चोट लागेको छ । उनी सवार से ६ प ७९२६ नम्बरको मोटर साइकल पनि तोडफोड भएको छ ।जोशीलाई उपचारका लागि धनगढी ल्याइएको छ ।घटना लगत्तै नेकपा डडेल्धुराले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्सना गरेको छ । नेकपा डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा अपहरण र कुटपिटमा संलग्नको खोजी गरी कारबाहीको माग समेत गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...