News Portal

  • वडाध्यक्षको विभत्स हत्या

    भक्तपुरपोस्ट संवाददाता २१ माघ
    १०२४ पटक
    २१ माघ

    अछाम । अछाममा एक जनप्रतिनिधिको विभत्स हत्या भएको छ । पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको बिभत्स हत्या भएको हो ।

    ४० वर्षीय धामीको शव क्षतविक्षत अवस्थामा फेला परेकोले हत्या गरेर फालिएको हुनसक्ने स्थानीयले अनुमान गरेका हुन् । घरदेखि केही टाढाको गोठमा बिभत्स अवस्थामा शव फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

    मंगलवार विहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको राति नै हत्या भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । प्रहरीले भने पोस्ट मार्टम पछि मात्र यकिन भन्न सकिने बताएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख दीपक भारती आफै अनुसन्धानका लागि घटनास्थल पुगेका छन् ।

    वडाध्यक्ष धामी नेपाली काँग्रेसबाट उम्मेदवार रही निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...