News Portal

  • प्रधानमन्त्री ओलीले बजाए बाँसुरी, खनाल र नेपालले सारंगी

    भक्तपुरपोष्ट संवाददाता२१ माघ २०७६
    ७९० पटक
    २१ माघ २०७६

    काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ आयोजना भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको हो ।

    राष्ट्रिय मिडियाका सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्री केपी ओली सांगीतिक साँझमा सहभागी भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

    ‘यो सारंगी साँझ हो’, थापाले भने, ‘सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीलगायत अन्य पूर्व प्रधानमन्त्री सांगीतिक साँझमा सहभागी हुनु भएको हो ।’

    सांगीतिक साँझमा प्रधानमन्त्री ओलीले बजाएको बाँसुरीको धूनमा उपस्थित सबै चकित भएको थापाले बताएका छन् । ओलीले बाँसुरी बजाउँदा नेकपा वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारंगी बजाएर साथ दिएका थिए । सारंगी साँझमा नेकपाका शीर्ष नेता र प्रतिष्ठित कलाकार सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...